१७ बैशाख २०८१, सोमबार | April 29, 2024

समानुपातिकमा १० प्रतिशत उम्मेदवार अनिवार्य



काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलले निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची पेस गर्दा कानुनअनुसार कम्तीमा १० प्रतिशत उम्मेदवारको सूची बुझाउनुपर्ने भएको छ ।

आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका र रुजुसूची सार्वजनिक गरेको हो । आयोगले समानुपातिक निर्वाचन कार्यक्रमअन्तर्गत असोज २ र ३ गते उम्मेदवारको बन्दसूची पेस गर्न समय तोकेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक निर्वाचन कार्यक्रममा सहभागी हुने दलले कम्तीमा १० प्रतिशत र बढीमा जति संख्या आवश्यक पर्छ त्यति नै उम्मेदवारको सूची बन्द सूचीमा बुझाउनुपर्ने जानकारी दिए । सो विषय निर्वाचन निर्देशिकामा उल्लेख छ ।

‘प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक निर्वाचन कार्यक्रममा सहभागी हुने दलले कम्तीमा १० प्रतिशत र बढीमा जति संख्या आवश्यक पर्छ त्यति नै उम्मेदवारको सूची बन्द सूचीमा बुझाउनुपर्छ, प्रतिनिधिसभामा भाग लिने दलले समानुपातिकतर्फको कुल संख्या १ सय १० को १० प्रतिशत अर्थात् कम्तीमा ११ जनाको नाम बन्दसूचीमा पेस गर्नुपर्छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।

यसैगरी प्रदेश सभातर्फसमेत प्रदेशमा हुने समानुपातिकतर्फको कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत उम्मेदवारको नाम दलले बन्द सूचीमा समावेश गर्नुपर्नेछ ।

त्यसरी पेस गरिएको बन्दसूचीमाथि आयोगले ४ देखि ९ असोजसम्म छानबिन गर्नेछ र कानुनअनुसार नभएमा सच्याउन दललाई सूचित गर्नेछ । आयोगले कागजात जाँचबुझ गरेपछि दललाई १० देखि १६ असोजसम्मको समय बन्दसूची सच्याउन दललाई उपलब्ध गराउनेछ । तर, कानुनअनुसार बन्दसूची पेस नभएमा आयोगले स्वीकार गर्नेछैन ।

आयोगमा दलले उम्मेदवारको बन्दसूची पेस गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसंख्याको आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समेतको प्रतिनिधित्व हुनेगरी समावेशी सिद्धान्तबमोजिमको संख्यामा उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ । यसरी सूची पेस गर्दा निर्देशिकाको अनुसूची १२ बमोजिम हुनुपर्ने आयोगले भनेको छ ।

आयोगले प्रत्येक समावेशी आधारमा समावेश गरिएका उम्मेदवार छुट्टिने ढाँचामा तयार भएको हुनुपर्ने भनेको छ । यस्तै, प्रत्येक समावेशी समूहमा कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गरेको हुनुपर्ने, कम्तीमा ४ दशमलव ३ प्रतिशत पिछडिएको क्षेत्रका उम्मेदवारको नाम समावेश गरेको हुनुपर्ने, पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुनेगरी बन्दसूची तयार गरेको हुनुपर्ने, बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले उम्मेदवार हुन मञ्जुर गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–१४ बमोजिम गरेको स्वघोषणासहितको मञ्जुरीनामा पेस गरेको हुनुपर्ने आयोगले जनाएको छ ।

यसैगरी एकल चुनाव चिह्न लिई निर्वाचनमा सहभागी हुनेगरी दर्ता भएका दलले उम्मेदवारको बन्दसूची पेस गर्दा सम्बन्धित उम्मेदवार कुन राजनीतिक दलसँग सम्बन्धित हो, सो खुलाएको हुनुपर्ने आयोगले भनेको छ ।

यस्तै, उम्मेदवारको बन्दसूची पेस गर्दा दलको केन्द्रीय समितिले स्वीकृत गरेको निर्णयको प्रमाणित प्रतिलिपि पेस गरेको हुनुपर्ने, एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुनेगरी आयोगमा दर्ता भएका दलको तर्फबाट उम्मेदवारको बन्दसूची स्वीकृत गर्दा त्यस्ता सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग-अलग रूपमा निर्णय गरी स्वीकृत गरेको हुनुपर्ने, बन्दसूचीमा रहेका प्रत्येक उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि र मतदाता नामावलीमा नाम समावेश भएको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ अनुसूची-१३ बमोजिमको निस्सा संलग्न गरेको हुनुपर्ने आयोगले स्पष्ट पारेको छ ।

यसैगरी, बन्दसूचीमा नाम समावेश भएको अपांगता भएको व्यक्तिको हकमा नेपाल सरकारको सम्बन्धित निकायले उपलब्ध गराएको अपांगताको परिचयपत्र पेस गरेको हुनुपर्ने छ ।

दलले बन्दसूची पेस गर्दा दलको केन्द्रीय समितिले अधिकार दिएको त्यस्तो समितिको पदाधिकारीले दस्तखत गरी पेस गरेको हुनुपर्ने छ भने निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा १३ बमोजिम उम्मेदवारको बन्दसूची पेस गर्ने दलले ५० हजार रुपैयाँ धरौटी राखेको रसिद वा सक्कल बैंक भौचर संलग्न गरी पेस गरेको हुनुपर्छ ।

बन्दसूची पेस गर्ने दलले उम्मेदवारको बन्दसूची पेस गर्दा निर्वाचन अधिकृतले तोकेबमोजिम सोको विद्युतीयप्रति समेत उपलब्ध गराएको हुनुपर्ने आयोगले जनाएको छ ।

यस्तै, बन्दसूचीमा समावेश भएका प्रत्येक उम्मेदवार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य नभएको हुनुपर्ने आयोगले भनेको छ ।

यसैगरी, दलको तर्फबाट मनोनयन गरिएको उम्मेदवारको बन्दसूची पेस गर्न अधिकार पाएको पदाधिकारीको विवरण र दस्तखत नमुना फाराम आयोगमा बन्दसूची बुझाउँदा पेस गर्नुपर्ने आयोगले जनाएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : ५७ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा