१५ माघ २०८२, बिहिबार | January 29, 2026

सिट बाँडफाँट टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आइतबारको बैठक निष्कर्षविहीन बनेपछि सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठक पुनस् बस्न लागेको हो ।

दलहरुले आ-आफ्नो दाबी नछाडेपछि आसन्न निर्वाचनका लागि गठबन्धनभित्र सिट फाँडफाँटको टुंगो लगाउन सकस परेको छ ।

सोमबार बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले बताए । सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उनको भनाइ छ ।

सिट बाँडफाँटको टुंगो लगाउन यसअघि शीर्ष नेताले कार्यदल गठन गरी जिम्मा दिएका थिए । तर, कार्यदलले ठोस सहमति जुटाउन नसकेपछि सिट बाँडफाँटको अन्तिम टुंगो लगाउन शीर्ष नेताहरूलाई नै जिम्मा लगाएको थियो ।

सत्तारुढ पाँच दलमा नेपाली कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको छ भने माओवादी केन्द्रले ६० सिट पाउनु पर्ने अडान लिएको छ । यस्तै, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।

सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ । सिट बाँडफाँटमा महिनौंसम्म सहमति जुटाउन नसके पनि अहिल्यै गठबन्धन टुट्ने सम्भावना भने नरहेको नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ७ : ५९ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण