१३ बैशाख २०८३, आइतबार | April 26, 2026

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता



काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ ।

यस सम्झौता अनुसार बैंकले कृषि कर्जा कार्यक्रम अन्तर्गत लगानी गरेका रु. ३ करोड सम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुनेछ । यस सम्झौता पश्चात कृषि कर्जा प्रवाहको जोखिम थप न्युनिकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैकले अपेक्षा गरेको छ ।

उक्त सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फवाट नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकको तर्फबाट उप–महाप्रवन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन ।
उक्त कार्यक्रममा कोषको प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, विष्णुमणी अधिकारी, सेञ्चुरी कमर्सियल बैंकका कृषि तथा विपन्न कर्जा विभाग प्रमुख प्रविन कुमार दाहाल तथा बजारिकरण विभागका गणेश सुवेदीको उपस्थित रहेको थियो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ७ : ४२ बजे

ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, ट्रम्पलाई आकस्मिक बाहिर निकालियो

काठमाडौं । अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस संवाददाताको रात्रिभोजका

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै