९ असार २०८३, मंगलबार | June 23, 2026

परराष्ट्रमन्त्री खड्का र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता



काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाको निमन्त्रणामा नेपालको चार दिने भ्रमणको सिलसिलामा ली सोमबार काठमाडौं आएका हुन् ।

उनले मंगलबार नै सभामुख सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले आज नै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेका छन् ।

उनले आज नै प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ४ : २४ बजे

बुटवल उपमहानगरका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा

बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत इन्जिनियर सुमन श्रेष्ठको राष्ट्रिय स्वतन्त्र

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका

विष्णु पौडेललाई काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा अनुसन्धान सुरु

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति

तराईमा तातो लहर कायमै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन प्रवेश

रास्वपा महाधिवेशन : बन्दसत्र दिउँसो २:०० बजेदेखि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र