१३ माघ २०८२, मंगलबार | January 27, 2026

एनआरएनए युरोप सम्मेलनः दुई दर्जन देशका २ सय ५० प्रतिनिधि सहभागी हुने



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनमा २५ भन्दा बढी देशका २ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।

आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोममा आयोजना हुने सो सम्मेलनको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) गर्ने एनआरएनए युरोप संयोजक चिन्तमणी सापकोटाले जानकारी दिए ।

सम्मेलनमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, अर्थमन्त्रालय, श्रममन्त्रालय नेपाल उद्योग वाणिज्य महासंघ, संघका केन्द्रीय पदाधिकारी लगायतको विशेष उपस्थिति रहने छ ।

सम्मेलनमा गैरआवासीय नेपाली संघको आन्तरिक तथा नियमित मुद्दामा छलफल हुने आयोजकले जनाएको छ । गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता, नेपालमा लगानी, महिला तथा युवा, सम्पतिको अधिकार, नेपालमा पर्यटन प्रर्वद्धन, युरोपमा रहेका नेपालीहरुको मुख्य समस्या लगायतका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।

सम्मेलनको अवसर पारेर युरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ स्वीडेनले लिएको छ ।

 

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ७ : ०१ बजे

एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी