९ पुस २०८२, बुधबार | December 25, 2025

जनताले देश चलाउने चाबी फेरि पनि माओवादीलाई नै दिँदैछन् : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले माओवादीलाई फेरि देश चलाउने चाबी दिन चाहेको बताएका छन् ।

पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनावबाट जनताले पुनः माओवादीलाई नै मुख्य र निर्णायक शक्ति बनाउन लागेको दाबी गरेका हुन् ।

‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् । देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।’ प्रचण्डले तर, नेता कार्यकर्ताहरुलाई सचेत गराउँदै भने, ‘त्यसका लागि एकतावद्ध भएर जनताको बीचमा जान भने आवश्यक छ । अनि मात्र देशको एक नम्वर कम्युनिष्ट पार्टी बन्नसक्छौं ।’

प्रचण्डले स्थानीय चुनावमा पार्टीभित्र र गठबन्धनबाट प्राप्त शिक्षा र अनुभवसहित मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा चुनावको तयारीमा लाग्नुपर्ने बताए । उनले स्थानीय निर्वाचनमा पार्टी भित्रकै अन्तर्घातका कारण जित्नुपर्ने स्थानमा पनि हारेको बताउँदै स्वार्थका कारण उम्मेदवारहरुले सहयोग नपाएको स्मरण गरे । उनले टिकट पाउने उम्मेदवार व्यक्ति मात्र नभई त्यो पार्टी हुने बताउँदै टिकट पाएकालाई जिताउन सबै लाग्नुपर्ने स्पष्ट पारे । प्रचण्डले पार्टीका नेता(कार्यकर्ताहरुलाई पनि पार्टीलाई बलियो बनाउन मिहिनेत गर्न सुझाव पनि दिए ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ११ : ०५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना