४ पुस २०८२, शुक्रबार | December 19, 2025

पिपुल्स हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला



काठमाडौं । पिपुल्स हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आजदेखि आइपीओ बिक्री खुला गरेको छ ।

स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नम्बर ६ र ७ का स्थानीय बासिन्दाहरुका लागि ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ ।

लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरुले २२ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गर्नेछ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा छिटोमा असोज १४ गतेसम्म र ढीलोमा असोज ३० गतेसम्म आइपीओ खुला रहनेछ । स्थानीय बासिन्दाले यसमा ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरि एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  १० : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको