९ पुस २०८२, बुधबार | December 24, 2025

अन्तिम मतदाता नामावली प्रकाशित, १ करोड ७९ लाख ८८ हजार ५७०ले मतदान गर्न पाउने



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएका छन् ।

निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै मतदाता संख्याबारे जानकारी गराएको हो । आयोगका अनुसार स्थानीय तह निर्वाचनपछि २ लाख ५५ हजार मतदाता थपिएका छन् । स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए। मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदानमा भाग लिन पाउने आयोगले जनाएको छ ।

आयोगले अन्तिम मतदाता नामावली आफ्नो वेवसाइटमा प्रकाशित गरेको छ । आयोगका अनुसार सबैभन्दा धेरै मतदाता काठमाडौं, मोरङ र झापामा रहेका छन् भने सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

आयोगले निर्वाचनका लागि १० हजार ८९१ मतदानस्थल तोकेको छ । यस्तै २२ हजार २२६ वटा मतदानकेन्द्र कायम गरिएको छ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ३ : ५७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना