११ बैशाख २०८१, मंगलबार | April 24, 2024

खजुरा क्यान्सर अस्पताल भवन बनेको ५ वर्ष नपुग्दै पानी चुहिन थाल्यो, पानीको तालमाथि बिरामीको उपचार



खजुरा । बाँकेको खजुरामा संचालनमा रहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल निर्माण सम्पन्न भएका् ५ वर्ष नपुग्दै चुहिन थालेको छ । सामान्य वर्ष हुँदा पनि अस्पतालमा पानी चुहेर वार्डहरुमा पानीको पाखेरी बनेपछि उपचार गर्न आउने बिरामीहरुले सास्ती खेपिरहेका छन् ।

अस्पतालको माथिल्लो तलामा रहेको केमो थेरापी वार्डमा सामान्य पानी पर्दा पनि पानी चुहिएर ताल पर्ने गरेको अस्पतालमा सेवा लिईरहेका बिरामीका आफन्तहरुले बताएका छन् । वार्डमा पानी जम्दा पानीको तालमाथि राखिएको बेडमा बिरामीहरुको उपचार हुने गरेको छ ।

स्टेचर चढाउने बाटो देखि बिरामीको प्रतिक्षा कक्षमा समेत पानीको भल बग्न थालेपछि बिरामी लिएर अस्पताल पुगेकाहरु प्रतिक्षा कक्षमै छाता ओढेर बस्न बाध्य छन् । सिंँढी चढेपछिको ढोका, अस्पतालको छाना र फार्मेसी अगाडिका सबै भाग पानी परेकाबेला चुहिने गरेको छ ।

अस्पताल भवनको अवस्थाका बारेमा अस्पतालको संकल्प गर्ने संस्था प्रखर परोपकार मिशन नेपालका उपाध्यक्ष शिवराज श्रेष्ठले सरकारको स्वामित्वमा गएपछि योजना हस्तान्तरण गरिएका कारण अस्पताल निर्माणमा भएको कमजोरी हटाउन नसकिएको बताउँछन् । अस्पताल निर्माणमा भएको प्रबिधिक पक्ष र ठेकेदारको कमजोरी नै भवन चुहिनुको मुख्य कारण भएको श्रेष्ठको ठहर छ ।

२०६५ सालमा ठेकेदार बलिभद्र राना र अमर पुनलाई अमानतमा काम गराएर शुरु भएको ओपीडी भवनको काम २०७३ मा सम्पन्न भएको थियो । सो भवन बनाउन ३ वटा ठेकेदार कम्पनीले काम गरेका थिए । पहिलो चरणमा महायज्ञबाट शिलान्यास गर्दै अमानतमा बलिभद्र राना सहितको ठेकेदार कम्पनीबाट २ करोड ७ लाख ३९ हजार बराबरको काम सम्पन्न भएको थियो भने दोस्रो चरणमा पीएस कन्ट्रक्सन केशव शाह जेभीले २ कारोड ५९ लाख ७० हजारमा ठेक्का लिएका थिए । केशव शाहबाट काम सुचारु नभएपछि बाँकी काम पुरा गर्न रौटाहा पृथ्वी जेभीले ३ करोड ५० लाख २९ हजारमा ठेक्का पाएको थियो । रौटाहाको ठेकेदारीमा भएको अधिकाँस कामहरु कमसल र गुणस्तरहिन देखिएको अस्पताल स्रोतले दाबी गरेको छ ।

अस्पतालको प्रारम्भिक नक्सा भारतका धर्मगुरु प्रखर परोपकार अशुतोष जी महाराजबाट प्राप्त भएपनि त्यसलाई परिमार्जन गर्दै नेपाली इन्जिनीयर लेखबहादुर बस्नेतले अस्पतालको नक्सा कोरेका थिए । सोही नक्साका आधारमा आवश्यकताका आधारमा थप परिमार्जन र सम्पन्न गर्ने काम भने आरएनआर इन्जिनीयरिगबाट भएको थियो । बरिष्ठ ईन्जिनीयर डा. राजन सुवालबाट नक्साले पूर्णता पाएको थियो ।

आफु आएपछि पहिलो पटक पानी परेको र पानीले अस्पताल भवनमा भित्र ताल परेपछि आफुलाई चिन्तित बनाएको नवनियुक्त अस्पताल  विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ले बताए । उनले आफ्नै कार्यकालमा पानी पस्ने समस्या समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

भवन निर्माणको कार्यान्वयन गर्ने संस्था प्रखर परोपकारका अध्यक्ष किस्मत कक्षपतिले पटक पटक नक्सा परिवर्तन गर्नु पर्दा केही समस्या भएको बताए । उनले बढीमा डेढलाखको खर्चमा मरमत गर्न सकिने भन्दै वर्षा सकिए लगत्तै त्यो काम गर्न सकिने बताए ।

भएन अस्पताल जन्माउने संस्था बैधानिक

संत श्री दीनदयाल महाराजको संकल्प, भारतीय प्रखर महाराजको प्रेरणा र बाँके, बर्दिया सहित साबिक मध्यपश्चिम र सुदुर पश्चिमका जनताले मुट्ठी दान गरेर थालनी गरिएको अस्पताल बनाउन गठन गरिएको मुख्य संस्था प्रखर परोपकार मिशन नेपाललाई भने ५ वर्ष देखि नबिकरण नगरि अबैध बनाइएको छ । २०७३ मा साधारण सभा गरिएको सो संस्थाको अहिले सम्म साधारणसभा र अधिवेशन हुन सकेको छैन ।

समितिका अध्यक्ष कक्षपति स्थानीय तह खजुरा गाँउ पालिकाको अध्यक्षमा निर्वाचित भएपछि संस्थाको साधारणसभा हुन सकेको छैन । अस्पताल संचालन कार्यबिधि अनुसार सो संस्थाबाट ३ जना अस्पताल विकास समितिमा पठाउने भनिएपनि सो संस्थाबाट पठाइएको ३ जनाको बैधानिकतामाथि प्रश्न उठेको छ ।

समितिका अध्यक्ष कक्षपतिले भने ४ पटक साधारणसभा गर्ने निर्णय गरिएपनि जिम्मेवारी पाएका पदाधिकारीबाट काम नभएपछि साधारणसभा हुन नसकेको  बताए । उनले लेखा परिक्षण, नविकरण जस्ता कामको जिम्मा पाएकाहरुबाट काम नभएपछि संस्थाको अधिवेशन हुन नसकेको बताए ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : ५३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना