२८ भदौ २०८३, आइतबार | September 14, 2026

ग्लोबल आइएमईले गर्यो वित्तीय साक्षरता कार्यक्रम



बुटवल । ग्लोबल आइएमईले बैंक लिमिटेडले शक्रबार बुटवलमा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

ग्राहकहरुलाई डिजिटल बैंकिङ सेवातर्फ आर्कषित गराउने उद्देश्यका साथ बुटवलको चौराहा र राममन्दिर शाखाले संयुक्त रुपमा आफ्ना ग्राहकहरुलाई प्रशिक्षण प्रदान गरेको हो ।

बुटवलको सिद्धार्थ कटेजमा आयोजित उक्त प्रशिक्षणमा बैंकका प्रदेश उप प्रमुख जोग लाल भुसाल, राममन्दिर शाखा प्रमुख सन्जय बगाले र चौराहा शाखा प्रमुख नवीन पन्थीले प्रशिक्षण दिएका थिए । भने चौराहा शाखाका राजेश खनाल र प्रदेश कार्यलयकी बबिता ज्ञवालीले सहजीकरण गरेका थिए ।

प्रशिक्षणमा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका विभिन्न डिजिटल सेवाहरु कसरी प्रयोग कसरी गर्ने उक्त सेवाहरुबाट हुने सुविधा तथा जोखिमका बारेमा प्रयोगात्मक रुपममै प्रशिक्षण गराइएको थियो ।

मिस्डकल बैंकिङको माध्यमबाट खातामा रहेको रकम चेक गर्ने, मोबाइलमा तुरुन्तै रिचार्ज गर्नै जस्ता सेवाहरु प्रशिक्षण गराइएको थियो । बैंकले देशभरका सबै ग्राहकहरुमाझ डिजिटल सेवाको पहुँचताका साथै वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ८ : ३१ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा