१५ माघ २०८२, बिहिबार | January 29, 2026

तराई लक्षित पल्सर एनएस १ सय २५ सिसि बाइक बुटवलमा लन्च, झरीमा प्रमोद र टिकाले तताए बटौली



बुटवल । चर्चित गायक प्रमोद खरेल र टीका प्रसाईले शनिबार बुटवल झरीमा दर्शकलाई नचाएका छन । एक त झरी अर्को विश्वकर्मा पुजाको दिन राखिएको बजाज पल्सर एनएस १ सय २५ सिसि लन्च कार्यक्रममा गायक प्रमोद खरेल र गायिका टीका प्रसाईले नचाए ।

कार्यक्रममा गायीका टीका प्रसाईले नाई मलाई थाहा छैन…, तिम्रो आखा गाजलेले नहेर मलाई लाजले…, तुमलाइ चट्ट सलाम छ…, माया लुकिलुकि…., लाज किन बाबा….जस्ता गीत गाएर नचाए ।

त्यस लगतै गायक प्रमोद खरेलले म बाचेकै तिमिसंग माया लाउन हो….., ओए झुमा झुम्कावाली……, चाहिदैन तिमी बिनाको….., यो कुरा गोप्य नै राखौला…., चल बतास चल अझै बेगले चल…..लगायतका गीत गाउदै दर्शक नचाए । यता सुमन कार्कीले उदघोषणसंगै क्यारिकेचर प्रस्तुत गर्दै दशर्कलाई हसाए । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता गोल्छा अर्गनाईजन अन्तरगतको हंसराज हुलास चन्द एण्ड कम्पनीले देशका विभिन्न शहरमा सागीतिक कार्यक्रममार्फत नयाँ बाइक लन्च कार्यक्रम बुटवलमा पनि गरेको हो ।

रुपन्देहीको आधिकारीक विक्रेता भैरव अटोमोबाईल्स प्रालिको आयोजनामा बुटवलमा भएको कार्यक्रमको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जल कसजुले उदघाटन गरेका थिए ।

दुई पाग्रे सवारीमा ग्राहकको रोजाईको पहिलो नम्बरमा पर्ने बजाजको तराई सडकका लागि धेरै उपयोगी र ईकोनोमी दाबी गरिएको पल्सर एनएस १ सय २५ सिसि बाईक समेत उनले लन्च गरे ।

भैरव अटो मोबाईल्स प्रालिका अध्यक्ष गोपाल बहादुर पोखरेलले बजाजको दशैतिहार विशेष अफर शुरु भएको जानकारी गराए । बिएस सिक्स प्रविधिको पहिलो बाईक भएको उनले बताए । बाईकको बजार मुल्य २ लाख ७९ हजार ९ सय रुपैयामा रहेको छ । कम्पनीले रातो, निलो, सुन्तला र खैरो गरि ४ कलरमा बजारमा आएको छ । यो संगै असोज २ गतेदेखि ७ गतेसम्म महामेला एक्सचेन्ज समेत चलाउने भएको छ ।
भैरव अटोमोबाईलका संचालक कपिल खड्काले कम बजेटमा उत्कृष्ट सिरिजको लुक्स भएको दाबी गरे । बजारमा १८ वटा मोडलहरु बजाजका दुईपाग्रे बिक्रीवितरण हुँदै आएको छ ।

कार्यक्रममा भैरवका संचालक कृष्ण बहादुर खड्का, ठाकुर खड्का क्षेत्री, बिनिप्रसाद भारी, बजार म्यानेजर सुबिन भारीले बजाज सम्बन्धि राखिएको क्विज प्रतियोगितामा सहि जवाफ दिने दर्शकलाई मायाको चिनोबाट सम्मान गरेका थिए । पुर्व बिर्तामोडदेखि शुरु गरेर ईटहरी, जनकपुर, भरतपुर, बुटवल हुदै नेपालगंजमा पुगेर कार्यक्रम समापन हुने उनले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ४८ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको