४ पुस २०८२, शुक्रबार | December 19, 2025

आइएमई पे र गोल्डस्टार जुत्ताबीच सम्झौता



काठमाडौ । आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ ।

गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधि भरी हरेक दिन १ जोडि गोल्डस्टार जुत्ता प्रदान गर्ने छ । साथै, प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाईटमा जुत्ता खरिद गर्दा फ्लाट २०% क्यासब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको छ ।

आइएमई पेको दशैँ क्याम्पेनमा हरेक दिन १ भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउनेछन् ।

सो कोड प्रयोग गरी विजेताहरुले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाईटमा निःशुल्क जुत्ता प्राप्त गर्न सकिनेछ । यद्यपि, विजेताहरुले डेलिवरि चार्ज भने स्वयम नै तिर्नु पर्ने शर्त राखिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ६ : २३ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा