२२ चैत्र २०८२, आइतबार | April 6, 2026

लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता तथा छनौट खेल शुरु (फोटोफिचर)



बुटवल । लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता तथा छनौट खेल आजबाट बुटवलमा शुरु भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उदघाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री केसीले खेलमार्फत लुम्बिनी प्रदेशलाई चिनाउने गरि उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरे । विश्व सामु अग्रेज फौजलाई हराउन सफल भएको लुम्बिनी प्रदेशको चिनारीलाई खेल क्षेत्रबाट नया ढंगबाट पहिचान दिलाउने सफल भएको उनले बताए । प्रदेश सरकार खेलको क्षेत्रमा बजेट विनियोजनमा कन्जुस्याई नगर्ने दाबी गर्दै खेलाडी प्रशिक्षकलाई खेलमा ध्यान दिन आग्रह गरे ।

सोही अवसरमा नवौ राष्ट्रिय प्रतियोगिताको रनिङ ट्रफी अनावरण गरिएको छ । दक्षिण एसियाली खेलकुदका किर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय नवौ राष्ट्रिय प्रतियोगिताको रनिङ ट्रफी टुर कार्यदलले ल्याएको ट्रफीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवल एन्फा एकेडेमीमा अनावरण गर्दै औपचारिक रुपमा छनौट प्रतियोगिताको समेत उद्घाटन गरेका थिए । ट्रफी टुर कार्यदलका पुर्व क्रिकेट कप्तान पारस खड्का भने अनुपस्थित रहेका थिए ।

सो टुर कार्यदलमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल टिमका कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धावक मिरा राई सदस्य रहेका छन ।

आजबाट १० गतेसम्म हुने प्रतियोगिता तथा छनौट खेल रुपन्देही, नवलपरासी, कपिलबस्तु, दाङ, नेपालगंज र बर्दियामा खेलहरु संचालन गरिने प्रदेश खेलकुद परिषदमा सदस्य सचिव जयप्रकाश भट्टराईले बताए ।

प्रतियोगिता अन्तरगत पुरुष÷महिला फुटबल एन्फा एकेडेमीमा शुरु भएको छ । आईतबार भएको खेलमा बाँकेले प्युठानलाई ६–०, रोल्पाले गुल्मीलाई १–०, नवलपरासीले पाल्पालाई ट्राईबेकरमा ४–३ तथा बर्दियाले कपिलबस्तुलाई ४–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ६ टिमले भाग लिईरहेका छन ।

यता सिद्धेश्वर खेलमैदान भएको महिला भलिबलमा गुल्मीले रोल्पालाई ३–१, कलिबस्तुले अर्घाखाँचीलाई २–०, नवलपरासीले प्युठानलाई २–० र रुकुम पुर्वले पाल्पालाई २–० को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यता योगीकुटी लुम्बिनी फुटसल एरिनामा खेलाईएको महिला कबठ्ठीमा रुपन्देहीले रोल्पालाई ६९–२१, बर्दियाले कपिलबस्तुलाई ४९–३०, नवलपरासीले बाकेलाई २९–१५ र गुल्मीले दाङलाई ६१–३१ अंकले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । पुरुषतर्फ भने दाङले गुल्मीलाई ३४–२९, नवलपरासीले बर्दियालाई ५४–२०, अर्घाखाचीले कपिलबस्तलाई ३७–३२ रोल्पाले प्युठानलाई ४३–२८ को अंकले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

भोलिसम्ममा बुटवलमा बुद्धिचाल, भैरहवामा तेक्वान्दो, ब्याडमिन्टन, पुरुष÷महिला कबठ्ठी, लनटेनिस, शारीरिक सुगठन, आर्चरी खेल सम्पन्न हुनेछन् ।

आईटिएफ तेक्वान्दो खेल रुपन्देहीमा भदौ ४ र ५ र रग्बी खेल बाँकेमा भदौ ११ गते गरिने छ । यसैगरि पुरुष भलिबल नवलपरासी तथा सितोरियो कराते कपिलबस्तुमा ४ र ५ गते हुनेछ ।

एथ्लेटिक्स खेल बेलझुण्डी दाङमा, फुलकन्टयाक्ट कराते, टेबलटेनिस, हेण्डबल तुल्सीपुर दाङमा भदौ ६ र ७ गते हुनेछ । यसैगरि बास्केटबल, बक्सिङ, भारोत्तलन, कुस्ती, उसु, जुडो, सुटिंग, पौडी, जिम्न्यास्टिक, पुरुष/महिला हक्की, साइक्लिङ खेलहरु नेपालगंज बाँकेमा भदौ ८, ९ र १० गते हुनेछ । यसैगरि सेपाकताक्रो ताराताल बर्दियामा १० गते, पुरुष/महिला खोखो भुरिगाउ बर्दियामा १० र ११ गते हुने भएको छ । प्रतियोगितामा १२ जिल्लाका २ हजार ६ सय ५२ जना खेलाडीहरु, २ सय अफिसियल र ३ सय भोलिन्टियरहरुको सहभागीता रहने छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : ३५ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको