११ बैशाख २०८१, मंगलबार | April 23, 2024

संविधान दिवसका दिनबाटै एक आपसमा रहेको तुषको अन्त्य होस् : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधान दिवसकै दिनबाट सबैमा अहिले सम्म भएका तुषको अन्त्य हुनु पर्ने बताएका छन् । दिवसको अवसरमा प्रदेश प्रमुख कार्यालयमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले अहिले सम्मको तुषको अनत्य गर्ने र संविधानको पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका हुन् ।

उनले वर्तमान संविधानले सामान्ती, निरंकुश र केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सृजित सबै प्रकारको विभेद, उत्पिडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजलाई एकताबद्ध बनाएको बताए । संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमिकता नेपाली जनतामा निहित भएको उल्लेख गर्दै शेरचनले जनता राज्य शक्तिको स्रोत बन्न सकेको बताए । नेपाली माथि देशलाई सामाजिक न्याय सहितको समानता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व आएको उनले बताए ।

उनले आसन्न निर्वाचनले योग्य र सक्षम नेतृत्व चयन भई देशलाई संविधान कार्यान्वयनको दिशामा अगाडि बढाउने अपेक्षा गर्दै उनले त्यसका लागि सबै दलहरु इमान्दार प्रतिबद्धता सहित आउन आवश्यक रहेको पनि बताए ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सभामुख पुर्ण घर्ती, प्रदेश सरकारका मन्त्री तथा मुकाममा उपलब्ध कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो । फितलो व्यवस्थापनका साथ आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रिय गान बजाउन मात्र झण्डै १० मिनेट सहभागिहरुलाई प्रतिक्षामा उभ्याइएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : ५५ बजे

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।