९ असार २०८३, मंगलबार | June 24, 2026

चोलेन्द्रकी छोरी बनेकी सुनिधि नक्कली ठहर, दैलेखकी मिना बनिन् चोलेन्द्रकी नक्कली छोरी



काठमाडौं । आइतबार दिनभरी सामाजिक सञ्जालमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेरकी छोरी बनेर भाइरल बनेकी युवती चोलेन्द्रको छोरी नभएको पुष्टि भएको छ । चोलेन्द्रको सरकारी निवासबाट बाहिरिँदै आफुलाई चोलेन्द्रकी छोरी सुनिधि बताएर आफ्नो परिवारलाई नजरबन्द मुक्त गराइदिन हार गुहार गरेकी युवती चोलेन्द्रकी छोरी नभएको न्युज एजेन्सी नेपालले दाबी गरेको छ ।

आफुलाई सुनिधि र चोलेन्द्रको छोरी बताउँदै प्रहरीले आफु र आफ्नो परिवारलाई निवासबाट निस्कन प्रतिबन्ध लगाइएको भन्दै ती युवतीले सञ्चार माध्यममा बोलेकी थिइन् । सो सम्बन्धमा आज न्युज एजेन्सी नेपालले विज्ञप्ति प्रकाशित गर्दै आफ्नो तहकिकातमा ती युवती चोलेन्द्रको छोरी नभएको र सुनिधि नामको चोलेन्द्रको कुनै छोरी नभएको दाबी गरिएको छ । विज्ञप्तिमा चोलेन्द्रले बुझाएको सम्पत्ति विवरणमा परिवारको सदस्यमा सुनिधि नामको कुनै सदस्य नरहेको पाईएको जनाइएको छ ।

चोलेन्द्रले आफ्नो छोरी भनेर प्रयोग गरेकी सुनिधी राणा नभएर दैलेखकि मिना जैसी भएको अधिवक्ता शालिकराम सापकोटाले बताए । सापकोटाले ती युवतीलाई प्रधानन्यायाधीशको निवासमा राखेर प्रयोग गरिएको पनि बताए।

अधिवक्ता सापकोटाले आफ्नो फेसबुक वालमा पोष्ट गर्दै लेखेका छन्, -‘नेपालको कानुन बमोजिम यो कुन अपराध हो सरकार रुरुछिट्टै सार्वजनिक गरियोस र न्यायको हिसाबले दैलेखकि छोरी मिना जैसीको उद्दार गरि सार्वजनिक गर्न नेपाल सरकार सङ्ग अपिल गर्दछु।’

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ११ : ०७ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३