३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

परराष्ट्रमन्त्री खड्का बेलायतमा कार्यकर्ता भेटघाटमा व्यस्त



लण्डन । बेलायत भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा. नारायण खड्का नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् ।

महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिका लागि बेलायत आएका खड्काले सोमबार बेलायतस्थित नेपाली दूतावासमा नेपाली जनसम्पर्क समितिका कार्यकर्तालाई भेटेका हुन् ।

खड्काले बेलायतमा रहेका पार्टी कार्यकर्तालाई देश र पार्टीका लागि क्रियाशील रहन निर्देशन दिए । उनले आगामी संघीय निर्वाचनमा नेपाल गएर आ(आफ्नो भूमिका वहन गर्नसमेत अनुरोध गरे । खड्काले कुनै पनि पार्टीभित्र हुने मतान्तर सामान्य हुने भएकाले गुट, उपगुटको क्रियाशीलता चुनावका लागि अन्तरघाती हुने विचार व्यक्त गर्दै निर्वाचनमा एकजुट हुन् आह्वान गरे ।

भेटघाटमा नेपाली जनसम्पर्क समितिका सभापति युवराज गुरुङलगायतले भूतपूर्व गोर्खा सैनिकहरुको न्यायका लागि परराष्ट्र मन्त्रलायलाई सहयोगका लागि आग्रह गरे । उनीहरूले भूपूगोर्खाहरूको समान अधिकार र पेन्सनका लागि जारी आन्दोलनमा नेपाली का‌ग्रेसका नेताहरूले निर्णायक भूमिका खेल्न सुझाव दिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका नेताहरू विनोदराज मोक्तान, केशबहादुर गुरुङ, हितकाजी गुरुङ, महेशकुमार दाहाल, कुमारी गुरुङ, डा। सुमाया राई, सूर्य नेम्बाङ, तस्वीर लामा, ई। तेजेन्द्र रोकामगर, राजकुमार सुनार, जंग पुन, अर्जुन कटुवालसमेत उपस्थित थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १० : ५७ बजे

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको

कामी रिता शेर्पाको ३२ औँ सगरमाथा आरोहण, फेरि तोडे आफ्नै विश्व कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध आरोही कामी रिता शेर्पाले संसारको सर्वोच्च शिखर

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र

मुस्ताङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट ‘भेप’ बरामद

मुस्ताङ । नेपाल-न उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ