१८ आश्विन २०७९, मंगलबार | October 4, 2022

अमेरिकाद्वारा नेपाली व्यवसायहरूको विश्वव्यापी प्रतिस्पर्धात्मकतामा २ अर्ब ४१ करोड लगानी



काठमाडौं । अमेरिकाले युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापको सुरुवात गर्दै नेपालको निजी क्षेत्रमा यसको थालनी गरेको छ ।

एक करोड ९० लाख अमेरिकी डलर (करिव २ अर्ब ४१ करोड १४ लाख रुपैयाँ) को यस पाँच वर्षीय लगानीले उच्च वृद्धि र रोजगारीको सम्भाव्यता भएका लक्षित क्षेत्रका नेपाली व्यवसायहरूको प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

युएसएआईडीले नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहकार्य गरी व्यवसायहरूलाई नयाँ व्यापार र लगानी अवसरहरूको सहजीकरण गर्न, बजारमा आधारित वित्तीय र गैर वित्तीय सेवाहरूमा उनीहरूको पहुँच बढाउन र उत्पादकता वृद्धि गर्न मद्दत गर्ने जनाइएको छ ।

‘नेपालको निजी क्षेत्रमाथिको यस लगानीले रोजगारीका अवसरहरू सृजना गरी महिला, युवा र सीमान्तकृत समूहहरूको आय अभिवृद्धि गर्नेछ,’ युएसएआईडी नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडले भनिन्, ‘यो क्रियाकलाप नेपालको अर्थतन्त्र सुदृढ गर्न र नेपाली जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपाल र अमेरिकाबीच रहेको बृहत् सहकार्यको एउटा उदाहरण मात्र हो ।’

युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापले स्थानीय उत्पादन, पर्यटकीय अनुभव र विश्वको जुनसुकै ठाउँमा उपलब्ध गराउन सकिने डिजिटल सेवाजस्ता उच्च मूल्यका निर्यात बढाउने र विविधीकरण गर्ने नेपालको महत्वाकांक्षालाई अगाडि लैजाने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : ४८ बजे

मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

काठमाडौं । के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा

सिट बाँडफाट टुंगो लगाउन गठबन्धनको बैठक ३ बजे बस्ने

काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक

अतुल्य सम्पदासँग मितेरी गाँस्दै दसैँ विदामा कर्णाली भ्रमण

कर्णाली । दसैँ तिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम

आज भक्तपुरमा खम्ये जात्रा, रक्सी खुवाएर छाडा छाडिने राँगो हेर्न हजारौंको उपस्थिती हुने

भक्तपुर । भक्तपुरमा आज मंगलबार खम्ये (राँंगो) जात्रा हुँदैछ ।

बर्दियामा भ्यानको ठक्करवाट २५ वर्षिया मिरा चौधरीको मृत्यु

बर्दिया । बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ