२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी अध्यादेश ल्याउने हल्ला निराधार छ : कानुनमन्त्री शर्मा



काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउन अध्यादेश ल्याउन लागेको हल्ला निराधार रहेको भन्दै खण्डन गरेका छन् ।

काठमाडौंमा मंगलबार एड्भोकेसी फोरमले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संक्रमणकालीन न्यायसम्बन्धी कानुनअघि बढाउन सरकारले अध्यादेश ल्याउन लागेको निराधार हल्लालाई विश्वास नगर्न आग्रह गरेका हुन् ।

दलहरुबीच सहमति जुट्न नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न नसकेको बताएका उनले कानुन निर्माणमा ढिलाइ भएकै आधारमा कोही निराश हुनुपर्ने अवस्था नरहेको दाबी गरे ।

सबै पीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्दै मन्त्री शर्माले द्वन्द्वपीडितको वर्गीकरण गरिएको बताए । उनका अनुसार विभिन्न मापदण्डका आधारमा पीडितको वर्गीकरण गरिएको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : ५२ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे