४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

पाल्पा दोभानमा ४ दिने नेपाल मेडिकल शो



बुटवल । साना तथा लघु उद्यम मन्त्रालय भारत सरकारको सहयोगमा निर्मला महिला सिल्पकला केन्द्रको आयोजना तथा बासुरी ईभेन्ट म्यानेजमेन्टको ब्यवस्थापनमा नेपाल मेडिकल शो दोभानमा शुरु भएको छ ।

नेपाल र भारतबिच हेल्थ केयर ट्रेड, नेपाली विद्यार्थीहरुको लागि जागिर, मेडिकल, टेक्निकल, मेकानिकल र वैज्ञानिक ज्ञान विकास गर्ने, ब्यवसायिक दक्षता वृद्धि र वैज्ञानिक तथा मेडिकल रिसर्च विकास गर्ने उदेश्यका साथ सोमबारदेखि ४ दिने प्रदर्शनी शुरु गरिएको हो ।

निर्मला महिला सिल्पकला केन्द्रका सचिव निर्मला वर्माले भारत सरकारसंग सहकार्य गरि एनजीओ मार्फत तालिम, सचेतना कार्यक्रमहरु गर्दै आएको बताए । यसै अन्तरगत नेपालभारतको ब्यापारिक, शैक्षिक उनयनका लागि प्रदर्शनी गरिएको बताईन । केन्द्रको सितापुर लखनउमा कार्यालयमा रहेको छ ।

बायोभर्स टेक्नोलोजीज प्रालिका जिएम आकास सिहले नेपालमा कोभिड संक्रमणको समय मेडिकल किटको ठूलो समस्या ब्यहोर्नुपरेको भन्दै उनले प्रदर्शनीबाट अन्तराष्ट्रिय मेडिकल उत्पादकहरुलाई भित्राएर प्रत्यक्ष सम्पर्कको अवसर सृजना गर्ने काम आफुहरुले गरेको दाबी गरे । प्रत्यक्ष उत्पादनसंग सम्पर्क गराउदै रोजगार, विजनेश समेतको अवसर सृजना गर्ने रुपमा गरिएको उनले बताए ।

दुई राष्ट्र बिच मेडिकल ब्यापार बढाउने योजनाका साथ विद्यालयरस्तरका बालबालिकाहरुलाई समेत आकर्षण गर्ने रुपमा भविष्यमा रोजगार, विजनेशको फिल्ड देखाउने काम गरेको उनले बताए । मेडिकल, कर्मश, लोकल क्षेत्रमा मानिसहरुलाई सम्पर्क गराएर रोजगार, बजारीकरण लगायतको अवसर दिने रुपमा कार्यक्रम गरिएको उनले बताए ।

ओमेक्स हेल्थकेयर प्रालि, एसएम बायोटेक, जिनिसस ल्याब सोलुसन लगायत कम्पनीका अस्पताल, रिसर्च ल्याब, बायोटेकेनोलोजी, हेल्थ केयर डिपार्टमेन्टमा उपयोगी हुने लाईफ साईन्स डेभलोपका सामानहरु अटोक्लिप, वाटरवाथ, लाईगेसन बाथ, पिसिआर मेशिन, माईक्रोस्कोप, सेन्ट्रिफ्युज, डबल डेस्निलेसन युनिट, पिएच मिटर, स्पेक्ट्रोफोटो मिटर आदि प्रदर्शनीमा राखिएका छन । प्रदर्शनीमा क्यानडा, श्रीलंका, अमेरिका र १२ भारतको स्टल गरि २० वटा स्टल छन । प्रदर्शनीमा दैनिक ३ सय दर्शकहरु अवलोकन गरिरहेका छन ।

 

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ५ : ५९ बजे

आइसिसी क्रिकेट विश्वकप लिग-२ : स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक

जेनजी आन्दोलनमा जलेका लालपुर्जाको श्रेष्ता कायम गर्न सास्ती खेप्दै सेवाग्राही

नेपालगन्ज । गत सालको भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल-चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस