२१ माघ २०८२, बुधबार | February 5, 2026

कसरी फसे अष्ट्रेलियाको तटमा समुद्री ह्वेल ?



सिड्नी । घटनाहरूको अनौठो मोडमा बुधवार तस्मानियाको पश्चिमी तटमा ह्वेलहरूको एउटा समूह फेला परेको थियो ।

अष्ट्रेलियाली अधिकारीहरूका अनुसार त्यहाँ अनुमानित २३० ह्वेल फसेका थिए र ती मध्ये आधा मात्र जीवितै देखिन्छन् । बालुवाको समतल छेउमा रहेको समुन्द्री किनारमा ह्वेलहरू के कारणले पसे भन्ने कुनै जानकारी छैन ।

किङ आइल्याण्डको समुद्र तटमा १४ वटा ह्वेल फेला परेको एक दिनपछि ठूलो समूहमा ह्वेल फेला परेको हो । हवाई तस्बिरमा लामो समुद्र तटमा दर्जनौं ह्वेल छटपटिएका देखिन्छन् ।

स्थानीयहरूले बाँचेकाहरूलाई कम्बलले छोपेका थिए र उनीहरूलाई जीवित राख्नको लागि बाल्टिनबाट पानी ल्याएर भिजाएका थिए । नजिकका अन्य केही ह्वेल भने मरेका थिए । कालो चमकदार स्तनपायीहरू म्याक्वेरी हार्बर नजिकै फसेका राज्यको प्राकृतिक संसाधन तथा वातावरण विभागले जनाएको छ ।

समुद्री संरक्षण विशेषज्ञहरू र ह्वेल उद्धार गियरसहितका कर्मचारीहरू घटनास्थलतर्फ जाँदै गरेका अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ६ : ५० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता