१० असार २०८३, बुधबार | June 24, 2026

अष्ट्रेलिया : जुवाजन्य विज्ञापनमा प्रतिबन्ध लगाउन सरकारसँग आग्रह



सिड्नी । प्रभावशाली अष्ट्रेलियाली अधिकारीहरूको गठबन्धनले अष्ट्रेलियामा जुवाजन्य विज्ञापन (ग्याम्लिङ एड्स)मा पूर्ण प्रतिबन्ध लगाउन आइतबार सरकारसँग माग गरेको छ । अष्ट्रेलिया जुवाजन्य क्रियाकलापबाट विश्वमा प्रतिव्यक्ति सबैभन्दा ठूलो नोक्सानी बेहोर्ने देशमध्ये एक हो ।

दुई करोड ७० लाख जनसङ्ख्या रहेको अष्ट्रेलियामा जुवाजन्य खेलबाट वार्षिक २५ अर्ब अष्ट्रेलियाली डलर ९१६ अर्ब अमेरिकी डलर० नोक्सानी हुने गरेको अनुमान गरिएको छ ।

यहाँ टेलिभिजन, रेडियो र बिलबोर्डमा मानिसहरूलाई आफ्नो पैसाको जोखिम मोल्न लोभ्याउने विज्ञापन व्यापक छन् ।

‘पोकी’ भनेर चिनिने जुवा खेल्ने मेसिन (स्लट मेसिन) हरू पनि भएका धेरै मधुशालाले नागरिकलाई मोजमस्तीमा सहभागी हुन अधिक आकर्षित गर्दछन् ।

अस्ट्रेलियाका ६० भन्दा बढी प्रतिष्ठित नागरिकले प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेतालाई लेखेको पत्रमा भनिएको छ, “अस्ट्रेलियामा जुवाको विज्ञापन नियन्त्रणबाहिर गएको छ र एक वर्षको अवधिमा टेलिभिजन र रेडियोमा १० लाखभन्दा बढी जुवाजन्य विज्ञापन प्रसारण भइरहेका छन् ।”

सप्ताहान्तमा जारी गरिएको पत्रमा हस्ताक्षर गर्नेहरूमा सङ्घसंस्था, खेलकुद क्षेत्रका पूर्व राजनीतिज्ञ र विश्वास गरिएका नेताहरू थिए ।

उनीहरूले जुवाबाट हुने हानिबारे सन् २०२३ को रिपोर्टसहित अल्बानिजको लेबर सरकार र विपक्षी दललाई तीन वर्षभित्र सबै जुवासम्बन्धी विज्ञापनलाई प्रतिबन्धित गर्न सहमत हुन आग्रह गरेका छन् ।

“हाम्रो दैनिक जीवनमा स्क्रिनमा देखिने जुवाजन्य खेलसम्बन्धी विज्ञापन (प्रचार) र जुवाको माध्यमबाट हुने बढ्दो नोक्सानीबाट धेरै नागरिक चिन्तित छन्,” हस्ताक्षरकर्तामध्ये एक पूर्व प्रधानमन्त्री जोन हावर्डले भने ।

“मेरो बुझाइमा जुवाको कारण समुदायमा हानि हाम्रो (अष्ट्रेलियाली) ठूलो क्षतिको लागि जिम्मेवार छ ।

‘वित्तीय बर्बादी’

सरकारले उद्धृत गरेको अध्ययनले अस्ट्रेलियाली जुवाखेलबाट वार्षिक २५ अर्ब अष्ट्रेलियाली डलरबराबरको नोक्सानी हुने देखाएको छ ।

सन् २०२०-२०२१ को आर्थिक वर्षमा कोभिड-१९ नियन्त्रणका उपायस्वरूप बन्दाबन्दी ९लकडाउन० लागु हुँदा धेरै मधुशाला, क्लब र क्यासिनोहरू बन्द गरिएको थियो तर उक्त अवधिमा पनि अस्ट्रेलियाको सरकारी तथ्याङ्कले जुवाजन्य नोक्सानी २४ अर्ब अष्ट्रेलियाली डलरभन्दा बढी भएको देखाएको थियो ।

“हाम्रा बच्चाहरूलाई लक्षित जुवा कम्पनीहरू रोक्न सबै जुवा विज्ञापनमा पूर्ण प्रतिबन्ध आवश्यक छ,” ‘एलाइन्स फर ग्याम्लिङ रिफर्म’ का प्रमुख कार्यकारी मार्टिन थोमसले भने ।

थोमसले एक विज्ञप्ति जारी गर्दै भने, “विज्ञापनलाई सीमित गर्ने वा सामाजिक सञ्जालमा मात्र पूर्ण प्रतिबन्ध लगाउने कुनै पनि निर्णय निहित स्वार्थका लागि जीत हुनेछ र यसले अस्ट्रेलियालीहरूलाई ठूलो क्षति पु¥याउनेछ ।”

“आर्थिक नोक्सानीका अतिरिक्त अकर्मण्यताको मूल्य ‘बढ्दो आर्थिक विनाश, मानसिक स्वास्थ्य समस्या, आत्महत्या र जुवाले बढाउन सक्ने पारिवारिक हिंसा’ हुनेछ,” उनले भने ।

अस्ट्रेलियाको ‘नाइन इन्टरटेनमेन्ट’ पत्रिकाका अनुसार सरकारले केही हप्ताभित्रै प्रस्तावित कानुन घोषणा गर्ने अपेक्षा गरिएको छ ।

अल्बानिजले गत हप्ता आफ्नो सरकारले ‘सरोकारवाला’ सँग छलफल गरेको बताउँदै आफू ‘जुवाको हानि कम गर्न’ प्रतिबद्ध रहेको बताएका थिए । तर विज्ञापन उनले प्रतिबन्धको परिकल्पना गरेका थिए कि थिएनन भन्नेबारे बताउन अस्वीकार गरे ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ३ : ४२ बजे

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको