१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

सहज छैन सिटामोल



काठमाडौं । सिटामोल अझै सहज हुन सकेको छैन । एक महिनादेखि बढेको डेङ्गु सङ्क्रमणसँगै उपत्यकालगायतका बजारमा माग उच्च बढेकाले सिटामोलको अभाव भएको हो । औषधि व्यवस्था विभागले भने सिटामोलको पर्याप्त आपूर्ति हुन नसकेको स्वीकार गरे पनि बाहिर हल्ला भएजस्तो समस्या नरहेको जनाएको छ ।

विभागका महानिर्देशक भरत भट्टराईले पहिलेजस्तो सजिलै सबै ठाउँमा सिटामोल नपाए पनि पाउँदै नपाउने अवस्था भने नभएको दाबी गरे । उनले भने, “काठमाडौं उपत्यकाका ठूला अस्पतालभित्र वा वरपर रहेका औषधि पसल वा फार्मेसीमा गएर बुझ्दा सिटामोल नभएको पाइएको छैन । यस विषयमा हामीले प्रत्यक्ष र परोक्ष रूपमा बुझ्ने काम गरिरहेका छौँ ।”

दैनिक दस लाख ट्याब्लेट उत्पादन

महानिर्देशक भट्टराईका अनुसार नेपाल औषधि लिमिटेडबाट हाल दैनिक तीन लाख २० हजार ट्याब्लेटका दरले सिटामोल उत्पादन हुँदै आएको छ भने विभिन्न निजी औषधि उद्योगले दैनिक लगभग सात लाख ट्याब्लेट उत्पादन गरिरहेका छन् । दुवैको जोड्दा दैनिक १० लाखभन्दा बढी सिटामोल ट्याब्लेट उत्पादन भइरहेको छ ।

सिटामोलको उत्पादन अहिले बढेकाले अबको एकरदुुई दिनभित्रै सबैतिर सहज रूपमा पाइने दाबी विभागका महानिर्देशक भट्टराईको भनाइ छ । उनका अनुसार निजी औषधि उद्योगबाट उत्पादन भएको पाँच लाखभन्दा बढी सिटामोलका ट्याब्लेट बिहीबार नै बजारमा जान्छ । पछिल्लो पटक माग अलिक उच्च भएकाले केही अभाव भए पनि बाहिर हल्ला भएजस्तो अभावकै अवस्था नभएको उनको दाबी छ । सिटामोलको विषयमा निजीस्तरका औषधि उत्पादन उद्योगी तथा व्यवसायीसँग छलफल भएको जानकारी दिँदै महानिर्देशक भट्टराईले भने, “उद्योगीहरूबाट एकरदुुई दिनमै बजारमा पर्याप्त सिटामोल उपलब्ध गराउने प्रतिबद्धता आएको छ । त्यसबीचमा उहाँको प्रतिबद्धताअनुसार बजारको अवस्था बुुझ्छौँ, सहज नभएमा ‘एक्सन’मा जान बाध्य हुन्छौँ ।”

मूल्य कम तोकिनु नै अभावको कारण

औषधि उत्पादकका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकतम मूल्य नै हो । सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रतिट्याब्लेट एक रुपियाँ निर्धारण गरेको छ तर उत्पादकका अनुसार यसको उत्पादन लागत नै एक रुपियाँ ४० पैसा पर्छ । सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडबाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादनमा आनकानी गर्दै आएका छन् ।

नेपाल औषधि लिमिटेड सरकारी अनुदानमा चल्ने भएकाले उसले घाटा खाएरै भए पनि सिटामोल उत्पादन गर्दै आएको दाबी गर्दै आएको छ । उद्योग घाटामा भएपछि सरकारसँग अनुदान मागेको र रकम प्राप्त नभएपछि केही महिनायता उत्पादन घटाएको छ । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले डेङ्गु सङ्क्रमण बढेर एकै पटक सिटामोलको अत्यधिक माग बढेकाले बजारमा केही अभाव देखिए पनि एकरदुुई दिनमै सहज हुने दाबी गरे । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ७ : १५ बजे

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला

दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक

लमजुङ । यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

धादिङ । कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार