काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको भन्दै सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुले बिहीबार पनि प्रदर्शन गरेका छन् ।
संसदले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थी संगठनहरूले राष्ट्रपति भण्डारीको विरोधमा काठमाडौंमा संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।
माइतीघर मण्डलमा आयोजित विरोध प्रदर्शनमा कांग्रेसनिकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतका सयौं विद्यार्थीको सहभागिता थियो ।
सत्ता गठबन्धनको हिजो बसेको बैठकले राष्ट्रपतिको कदाम असंवैधानिक र संसदप्रति घोर अपमानजनक भएको ठहर गर्दै त्यस विरुद्ध भातृसंगठनहरुलाई सडकमा उतार्ने निर्णय गरेको थियो ।
राष्ट्रपति भण्डारीले संविधानअनुसार गर्नैपर्ने प्रमाणिकरण नगरेर संविधानको उल्लंघन गरेकी थिइन ।



















प्रतिक्रिया