२३ बैशाख २०८१, आइतबार | May 5, 2024

राष्ट्रपति भण्डारी विरुद्ध परेको रिट हेर्ननभ्याइने सूचीमा, आइतबार सुनुवाइ हुने



काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सर्वोच्चमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ ।

आजका लागि पेसी तोकिएपनि हेर्न नभ्याइने सूचीमा परेपछि रिटको सुनुवाइ अब आइतबार मात्र हुने भएको छ । न्यायाधीश मनोज शर्माको एकल इजलासमा पेसी तोकिएकोथियो । तर, शुक्रबार पालो नआएपछि सुनुवाइ आइतबारका लागि सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् ।

अधिवक्ताहरू सागर बराल, सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टाछुट्टै रिट दर्ता गर्दै नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपतिको कार्यालयले संविधानको घोर उल्लंघन गरेको जिकिर गरेका थिए । उनीहरुले सो निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र विधेयक प्रमाणीकरण गर्नका लागि परमादेशको माग गरेका थिए ।

यस्तै, सभामुख र उपसभामुख विरुद्धको रिट पनि हेर्न नभ्याइनेमै परेपछि आइतबार मात्रै सुनुवाइ हुनेभएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : १० बजे

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा