१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

जर्मनीका राजदूतलाई उपराष्ट्रपति पुनले भने– नेपालको मौलिकतामा संक्रमणकालीन न्यायको काम सम्पन्न हुन्छ



काठमाडौं । राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र जर्मनीबीचको ६ दशकभन्दा लामो औपचारिक सम्बन्ध प्रगाढ र सहयोगात्मक रहेको बताए । उनले जर्मनी नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताउदै नेपाललाई गर्दै आएको सहयोगका लागि जर्मन सरकारलाई धन्यवाद दिए ।

भेटमा उपराष्ट्रपतिले नेपालले संक्रमणकालीन न्यायका कामलाई चाँडो सम्पन्न गर्ने कोशिस गरिरहेको समेत बताए । उनले विभिन्न मुलुकको अनुभव लिँदै नेपालको मौलिकतामा संक्रमणकालीन न्यायको काम सम्पन्न हुने जनाए ।

उपराष्ट्रपतिले नेपालको प्राथमिकता लोकतन्त्रलाई अझै सुदृढ् गर्ने र देशलाई समृद्ध बनाउने रहेको बताए । उनले लोकतन्त्रको सुदृढ्को महत्वपूर्ण पक्षको रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको जानकारी दिएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जर्मन सरकारबाट सहयोग रहने अपेक्षा पनि उनले व्यक्त गरे ।

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले नेपाल जर्मनको नजिकको मित्र भएको जनाउँदै अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले जर्मनीलाई गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

भेटमा राजदूत प्रिन्जले नेपालको मौलिकतामा संक्रमणकालीन न्यायका काम छिटो सम्पन्न गर्न आग्रह समेत गरेका थिए । उनले आगामी निर्वाचनपछि नेपालको संक्रमणकालीन न्यायको काम सम्पन्न हुने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : ४५ बजे

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र