१० असार २०८३, बुधबार | June 24, 2026

नि-शुल्क आँखा र मधुमेह शिविर



बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीको आयोजना तथा तिलोत्तमा नगरपालिका वडा नं ६ को सहकार्यमा आँखा, मधुमेह जाँच तथा निशुल्क औषधी वितरण कार्यक्रम गरिएको छ ।

शिबिरको एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उदघाटन गरे । स्वास्थ्य प्राविधिक मनोहर न्यौपानेलाई जाँच सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख खाँणले ग्रामिण क्षेत्रमा शिक्षा र स्वास्थ्यको विषयमा सामाजिक संस्थाहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष रमेश पाण्डेले तिलोत्तमा नगरपालिका क्षेत्रमा आफुहरु केन्द्रित गरि धेरै कामहरु गर्दै आएको बताए । शिविरमा २ सय ६६ जनाको आखा परिक्षण, २ सय मधुमेह परिक्षण गरिएको सहसंयोजक राजकुमार गुप्ताले जानकारी दिए । यसैगरि परिक्षणको क्रममा २६ जनालाई मोतिबिन्दु देखिएकोले निशुल्क अपरेसन गर्न लायन्स आँखा अस्पताल सिफारिस गरिएको उनले बताए ।

कार्यक्रममा वडा नं ६ का वडाअध्यक्ष गणेश पाठक, फष्ट भिजिडी अर्जुनमान सैजु, सकेण्ड भिडिजि पुरुषोत्तम प्रधानाङ्ग, क्लबका संस्थापक अध्यक्ष टिकाराम बन्जाडे, क्लबका सेकेण्ड भिपि कृष्ण प्रसाद भण्डारीलगायतले लायनबादमार्फत समाज रुपान्तरणको अभियानलाई सफल बनाउने अभियानमा सबैको हातोमालो रहेको बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : ०८ बजे

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

आज पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ

कोलम्बियाको लगातार दोस्रो जित, डीआर कंगोलाई हराउँदै नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो