१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नि-शुल्क आँखा र मधुमेह शिविर



बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीको आयोजना तथा तिलोत्तमा नगरपालिका वडा नं ६ को सहकार्यमा आँखा, मधुमेह जाँच तथा निशुल्क औषधी वितरण कार्यक्रम गरिएको छ ।

शिबिरको एक कार्यक्रमकाबीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उदघाटन गरे । स्वास्थ्य प्राविधिक मनोहर न्यौपानेलाई जाँच सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख खाँणले ग्रामिण क्षेत्रमा शिक्षा र स्वास्थ्यको विषयमा सामाजिक संस्थाहरु लाग्नुपर्ने बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष रमेश पाण्डेले तिलोत्तमा नगरपालिका क्षेत्रमा आफुहरु केन्द्रित गरि धेरै कामहरु गर्दै आएको बताए । शिविरमा २ सय ६६ जनाको आखा परिक्षण, २ सय मधुमेह परिक्षण गरिएको सहसंयोजक राजकुमार गुप्ताले जानकारी दिए । यसैगरि परिक्षणको क्रममा २६ जनालाई मोतिबिन्दु देखिएकोले निशुल्क अपरेसन गर्न लायन्स आँखा अस्पताल सिफारिस गरिएको उनले बताए ।

कार्यक्रममा वडा नं ६ का वडाअध्यक्ष गणेश पाठक, फष्ट भिजिडी अर्जुनमान सैजु, सकेण्ड भिडिजि पुरुषोत्तम प्रधानाङ्ग, क्लबका संस्थापक अध्यक्ष टिकाराम बन्जाडे, क्लबका सेकेण्ड भिपि कृष्ण प्रसाद भण्डारीलगायतले लायनबादमार्फत समाज रुपान्तरणको अभियानलाई सफल बनाउने अभियानमा सबैको हातोमालो रहेको बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : ०८ बजे

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै