२१ माघ २०८२, बुधबार | February 4, 2026

चाडपर्वमा बढी दुर्घटना



काठमाडौं । बर्सेनि चाडपर्वका बखत बढी सवारी दुर्घटना हुने गरेको छ । सडक दुर्घटनाका कारण थुप्रैले ज्यान गुमाउने गरेका छन् । बिहीबार मात्रै मकवानपुर र रुकुमपूर्वमा भएका सवारी दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन् ।

दशैँको घटस्थापनादेखि पूर्णिमासम्म देशभर औसत छ सयभन्दा बढी सवारी दुर्घटना हुने गरेको र त्यसमा परी एक सय जनाभन्दा बढी मानिसले ज्यान गुमाउनुपरेको प्रहरीको तथ्याङ्कमा छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकबहादुर राईले हरेक वर्षका दशैँ तिहारको समयमा बढी सडक दुर्घटना हुने गरेको बताउँदै भने, “चालकको लापरबाही र सडक तथा सवारी साधनको अवस्थाले दुर्घटना हुने गरेको छ । चाडपर्वमा सवारीको चाप अत्यधिक हुने भएकाले पनि समस्या बन्दै आएको छ ।”

प्रहरीको तथ्याङ्कअनुसार हरेक दिन सरदर सात जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाउने गरेका छन् । तर दशैँका बेला सो सङ्ख्यामा एकाएक वृद्धि हुने गरेको छ । अन्य समयमा निजी सवारीको दुर्घटना दर धेरै हुने गरेको छ भने दशैँमा सार्वजनिक यातायातको दुर्घटना धेरै हुने गरेको छ । दशैँका बेला तुलनात्मक रूपमा थोरै सवारी साधन दुर्घटना भए पनि मानवीय क्षति भने धेरै हुने गरेको छ ।

प्रहरीका अनुसार २०७८ सालको दशैँको १५ दिनमा १४७ जनाले ज्यान गुमाए । २०७७ सालको दशैँमा घटस्थापनादेखि पूर्णिमासम्म ११४ जनाको ज्यान गएको थियो । आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ८७३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । काठमाडौं पूर्वको नाका साँगाको सडक सुरक्षाको जिम्मेवारी पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजेश सिलवालले दशैँमा यात्रुको सङ्ख्या अत्यधिक हुने र त्यो भीडलाई थेग्नसक्ने सवारी साधनको अभाव तथा सडकको अवस्था उपयुक्त नहुँदा दुर्घटना बढ्ने गरेको दाबी गरे ।

ट्राफिक प्रहरीले दुर्घटनाका कारणलाई पाँच भागमा विभाजन गरेर यो पटक दुर्घटना कम गर्ने प्रयास सुरु गरेको छ । चालक, सवारी साधन, यात्रु, सडकको पूर्वाधार र मौसमको कारण दुर्घटना हुने गरेको विश्लेषण प्रहरीको छ । चालकले नियम नमान्ने, जथाभावी ढोका खुल्ला राख्ने, ओभरटेक गर्ने, तीव्र गतिमा सवारी हाँक्ने, लामो समय एउटै व्यक्तिले गाडी चलाएर चालक निदाउने समस्याले दुर्घटना हुने गरेका छन् । त्यस्तै मादक पदार्थ सेवन गर्ने र मोबाइल चलाउँदा दुर्घटना हुने गरेको पनि छ ।

सवारीको यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्तीका कारण दुर्घटना भएका छन् । केही कारण स्वयं यात्रुको गल्तीका कारणले पनि हुने गरेका छन् । चढ्दा र ओर्लंदा ख्याल नगर्ने, झुन्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होस नपु(याएर पनि दुर्घटना भएका छन् । सडकका खाल्टाखुल्टी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो-ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडकलगायत छन् । यस्तै हुस्सु, कुहिरो, बाढी, पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको सिलवालले बताए ।

एकै पटक नेपालभर रुट अनुमति पाएपछि नयाँ सडकमा अनुभव नभएका चालकले पनि दुर्घटना गराउने गरेका छन् । बिहीबार मकवानपुरमा भएको दुर्घटनाको बस बनेपादेखि नेपालथोकसम्मको छोटो रुटमा चल्ने सवारी हो र नयाँ बाटोमा सवारी चलाउँदा सो दुर्घटना भएको थियो ।

पूर्व ट्राफिक प्रहरी सीताराम हाछेथुले सामान्य अवस्थामा भन्दा चाडपर्वमा २० प्रतिशतसम्म धेरै दुर्घटना हुने गरेको बताए । उनले चाडपर्वका बेला यात्रुको चाप बढेपछि लामो दूरीका सवारी साधनका चालकले पालो नपाउने हुँदा अरू सवारी साधनको प्रयोग गर्नुपर्दा दुर्घटना बढ्ने गरेको तर्क गरे । आजको गोरखापत्र दैनिकमा केशब राज पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : १८ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता