९ असार २०८३, मंगलबार | June 23, 2026

नेपालगन्जमा व्यवसायीको विरोध कार्यक्रम : राष्ट्र बैकको नीति देखि ‘घुस’ खाएर भन्सार ‘लुज’ गर्नेहरुका विरुद्ध



नेपालगन्ज । केही महिना पहिले नेपालगन्ज उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजित एक कार्यक्रममा संघका सदस्य बसन्त लामिछानेले प्रहरी प्रशासनकै संरक्षणमा सीमामा तस्करी मौलाएको आरोप लगाएपछि कार्यक्रममै बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री र व्यवसायीहरुबीच भनाभन् भएको थियो । केहीदिन पहिले एक व्यवसायीको पसलमा छापामारी अनुसन्धान भइरहेका बेला हस्तक्षप गरेको भन्दै संघका पदाधिकारी टंक धामीलाई प्रहरीले पक्राउ नै गरेको थियो । नेपालगन्जमा प्रशासन र व्यवसायीबीच अविश्वासको वातावरण चलिरहेकै बेला व्यवसायीहरुको अगुवा संगठन नेपालगन्ज उद्योग बाणिज्य संघको आह्वानमा यतिबेला संघले अबैध आयात रोक्न भन्दै नेपालगन्ज भन्सार कार्यालयमा सचेतनाका नाममा दवाव सिर्जना गरेका छन् ।

राष्ट्र बैंकले ल्याएको नीतिका कारण व्यवसायी धारारासायी भएको भन्दै विरोधमा उत्रिएका व्यवसायीहरुले विरोधकै कार्यक्रमलाई भन्सार नाकामा लगेर सचेतना फैलाउने भनिएपनि मुलतः स्थानी प्रशासनको विरोधमा केन्द्रीत भएको देखिएको छ । अबैध समान भित्रिएका कारण नेपाली बजारको व्यवसाय खस्केको भन्दै भन्सारमा धर्ना बस्न पुग्नु प्रशासनले अबैध सामान बिना भन्सार छाडेका कारण भित्रिएको भन्ने नै पुष्टि हुन्छ ।

त्यसो त भन्सार नाकामा सीमा देखि चौलिक्का चोक सम्म झण्डै ५ स्थानमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका चेकिङ पोईन्टहरु छन् । भन्सार गस्तीका नाममा छुट्टै शसस्त्रको गस्ती नाका तैनाथ छ । तर नेपालगन्ज बजारमा अधिकांस सामानहरु चोरी निकासीको बाटोबाट भित्रने गर्दछन् । प्रशासन यसरी भित्रने कार्यलाई खुल्ला नाका भन्दै सन्तुष्ट हुने गर्दछ, तर कहिलेकाहीं २(३ वटा पोईन्ट पार गरेर नेपालगन्ज भित्रिएपछि प्रहरीले ट्रकभरीका सामान बरामद गर्छ, त्यतबिेला भने खुल्ला नाका भन्ने प्रशासन केही बोल्दैन । त्यसकार्यलाई सिमा क्षेत्रमा लाईन नमिलेर पक्राउ परेको भन्ने गरिन्छ । यसरी भित्रने समानहरुलाई भन्सारको भाषामा क्यारिङ वा लाईन मिलेको भन्ने गरिन्छ ।

भारतीय बजारमा खरिद भएको सामानको मुल्य नै भुक्तानी गरिदिने र नेपालमा पसलमा सामान बुझाएपछि मात्र सेवा शुल्क सहित भुक्तानी लिने ठुला क्यारिङवालाहरुले के कसरी सामान भित्राउन सक्छन् ? त्यो प्रश्नको उत्तर अझै अनुत्तरित नै छ ।

यतीबेला बाणिज्य संघको आह्वानमा व्यवसायीका नेताहरु भन्सार नजिकै बसेर नेपालमै सामान किन्न आग्रह गर्दै पर्चा बाँडिरहेका छन् । उनीहरुले पर्चा बाँडिरहै बेला नेपाली उपभोक्ता भने भिडका भिड भारतीय बजार गईनै रहेका छन् । ती उपभोक्ताहरुले नेपालमा महङ्गो पाईने समान मात्र होईन नेपालबाटै चोरी निकासी गरेर गएको सल्यानको अदुवा लसुन, सुर्खेतको बेसार, जुम्लाको स्याउ पनि भारतबाट किनेर ल्याईरहेका छन् ।

भन्सार नाकामा सचेता सहित साँकेतिकरुपमा प्रहरी प्रशासन र भन्सार कर्मचारीले कडाई नगरेका कारण अबैध सामान भित्रिने गरेको विषयको बिरोधमा पनि कार्यक्रम गरिएको उद्योग बाणिज्य संघ नेपालगन्जका महासचिव चिरन्जिवी ओलीले स्विकार गरे । व्यवहारिकताका नाममा ठुला परिमाणका सामानहरु भन्सार र प्रशासनले बिना भन्सार छाड्ने प्रबृत्तिले व्यवसाय धारासायी भएकाले बिरोध गर्नु परेको ओलीको भनाई छ । ‘आजै घर खर्च भन्दै ३ बोरा चामल भित्रिँदै थियो, हाम्रो विरोध र उपस्थिती पछि भन्सार गर्न लगाइयो,’ उनले भने, ‘अन्यथा बिना भन्सार त्यो चामल भित्रने निश्चित थियो ।’

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले भने लाईन, क्यनरिङ जस्ता शब्द आफुले नसुनेको बताउँछन् । ‘भन्सार, प्रहरीलाई थाहा होला हामीलाई त थाहा छैन ।’ उनले भने । व्यवसायीको प्रशासनको कडाईमा कमी भयो भन्ने भनाईलाई भने प्रशासनले सम्बोधन गर्ने र कडाई गरिने उनले बताए ।

 

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  २ : १६ बजे

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की । पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका

रास्वपाको बन्दसत्र आज सुरु हुँदै, प्रतिनिधि परिचयपत्र वितरण

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत

एमबाप्पेको दुई गोलमा इराक पराजित, फ्रान्स नकआउट चरणमा

काठमाडौं । खराब मौसमका कारण साढे दुई घण्टासम्म अवरुद्ध भएको

मेस्सीको कीर्तिमानी दुई गोलमा अर्जेन्टिना नकआउट चरणमा

काठमाडौं । कप्तान लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप