८ माघ २०८२, बिहिबार | January 22, 2026

टेण्डर र डीपीआर बिना ४६ करोडको योजना शिलान्यास



बारा । नेपाल सरकारका शहरी बिकास मन्त्री मेटमणि चौधरीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र टेण्डर प्रक्रिया पूरा नगरी शुक्रवार बारामा ४६ करोडको योजना शिलान्यास गरेका छन् । कानुनी प्रक्रिया लत्याउदै मन्त्री चौधरीले जीतपुरसिमरा उपमहानगरपालिका भित्र एकैपटक तीन वटा योजना शिलान्यास गरेका हुन् । योजना शिलान्यास गर्न मन्त्री चौधरी शहरी विकास तथा भवन निर्माण विभागको टोली लिएर सिमरा आएका थिए ।

मन्त्री चौधरीले अनुमानित ३५ करोड बजेट रहेको पथलैया–वीरगन्ज व्यापारिक राजमार्गमा पर्ने गढीमाई मन्दिरको चोकदेखि पूर्वतर्फ रमौली, बसडिल्वा, ईनर्वासिरा बजार, सानो मटिअर्वा, चिनिमिल हुँदै मानवत मटिअर्वा भएर हुलाकी राजमार्ग जोड्ने सडकखण्डको शिलान्यास गरेका छन् । उक्त सडकखण्ड जीतपुरसिमराको वडा नं. ८, १९ र २० मा पर्दछ ।

यसैगरी मन्त्री चौधरीले गढीमाई मन्दिरमा ६ करोडको पार्क, सिमरास्थित टेलिकम चोकबाट पूर्वतर्फ बिकासशिल चोक, रंगशाला चोक हुँदै एयरपोर्ट सिमाना र एयरपोर्ट रोडको पिपलबोटदेखि बिकासशिल चोकसम्म पाँच करोडको सडक योजना शिलान्यास गरेका छन् ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत मन्त्रालयको बहुवर्षीय कार्यक्रमअन्तर्गत ५० करोडको बजेटबाट योजना निर्माण गर्न लागिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले डिपिआर स्विकृत नगरेको योजनाका लागि यस वर्ष १७ करोड विनियोजन भएको छ ।

काठमाण्डौंको मनिषा ईन्जिनियरिङ कन्सल्टेन्टले स्थानीय तह निर्वाचनपछि उक्त योजनाको डिपिआर तयार गरेको थियो । कानुनी प्रावधानमा भने कन्सल्टेन्टले दिएको डिपिआर प्रतिवेदनमा विभागले उल्लेखित दररेट, विवरण ठिक रहे नरहेको अध्ययन गरी उक्त डिपिआर स्विकृत गर्नुपर्ने र उक्त डिपिआरकै आधारमा टेण्डर आवहान गरेर ठेकेदार छनौट प्रक्रिया गर्नुपर्ने हुन्छ ।

साढे सत्र लाख खर्चिएर कन्सलटेन्टमार्फत तयार गरिएको डीपीआरलाई स्विकृतनै नगराई र ठेकेदार टुंगो नलाग्दै मन्त्री चौधरीले शिलान्यासलाई प्राथमिकता दिएका हुन् । निर्वाचनको समयमा हतार गरेर शिलान्यास गरिएको भन्दै स्थानीय स्तरमा मन्त्री चौधरीको आलोचना भएको छ । ठेकेदारको टुंगो नलगाएको योजना शिलान्यासपछि अलपत्र पर्ने स्थानीयको भनाई छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ४ : १९ बजे

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

बागमती । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक

साफ फुटसल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिप

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई