२३ बैशाख २०८३, बुधबार | May 6, 2026

देउवालाई शेखर समुहको चेतावनी – समानुपातिक सूची नसच्याए विद्रोह



काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले समानुपातिक सूचीलाई संस्थापन पक्षले नसच्चाए विद्रोह हुने चेतावनी दिएको छ ।
राजधानीमा शनिबार शेखर समुहले खबरदारी सभा गर्दै शेखर समुहले समानुपातिकको बन्दसूची नसच्याए र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय गरिरहे विद्रोह गर्ने चेतावनी दिएको हो ।

खबरदारी सभालाई सम्बोधन गर्दै नेताहरुले नेता जगदिश्वरनर सिंह केसीले समाुनपातिकको सूची नसच्चिए विकल्प सोच्नुपर्ने अबस्था आउन सक्ने चेतवानी दिए । समाुनपातिकको सूची एकपक्षीय रहेको भन्दै उनले सच्याउनु पर्ने बताए । उनले भने, ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ।’ उनले समानुपातिकको बन्दसूची पेस गर्दा पार्टीको अर्को समुहलाई अन्याय गरिएको जिकिर गरे। प्रत्यक्षतर्फको टिकट वितरणमा पनि उही अबस्था आउनसक्ने सम्भावना देखिएको भन्दै आफ्नो समूहले बाध्य भएर खवरदारीसभामा आयोजना गरेको बताए।

केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाए । केसीले आन्तरिक एकता बलियो भएको अबस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अबस्था नआउने दाबी गरे ।

अर्का नेता गुरूराज घिमिरेले पार्टीभित्रको अन्याय सच्याउनका निम्ति विनम्रपूर्वक खबरदारी सभा आयोजना गरिएको जनाए । उनले आफुहरुको माग सुनुवाइ नभए विद्रोह हुने चेतावनी दिए।

अर्का नेता अजय द्वेवेदीले पार्टीले सभापतिले बहुमतको बलमा अन्याय गरेको आरोप लगाए। उनले भने, ‘जहाँ अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ। विभेद र अन्याय स्वीकार्य छैन ।’

शेखर समुहले संस्थापन पक्षलाई दबाब दिन थप कार्यक्रम ल्याउने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ४ : ४९ बजे

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण