११ माघ २०८२, आइतबार | January 25, 2026

नेपालगन्जमा रामलीला मञ्चनको तयारी


९ आश्विन २०७९, आइतबार  

130
Shares

नेपालगन्ज । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको ऐतिहासिक रामलीला मञ्चन यस वर्ष नेपालगञ्जमा धुमधामका साथ गरिने भएको छ ।

नेपालगन्जको रामलीला मैदानमा एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चनको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण सार्वजनिकरूपमा स्थगन गरिएको थियो ।

विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगन्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई यस वर्ष भव्यताका साथ गर्ने तयारी भएकोे रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।
उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्यरूपमा मनाउने गरिन्छ । रामलीलामा भारत तथा नेपालका कलाकारहरूले मञ्चन गर्ने गरेका छन् ।

यस वर्ष रामलीलाको एक सय ५५औँ जयन्ती समारोहमा वृन्दावन धामका ख्यातिप्राप्त राधारमण शर्मा महाराजद्वारा सङ्गीतमय आधुनिक साजसज्जाका साथ लीलाको प्रदर्शन गराइने भएको छ । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाको भनाइ छ ।

रामायणमा आधारित लीला प्रत्येक दिन राति ८ बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्छ । सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयहरूबीच लोकप्रिय छ ।

भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालुहरू रामलीला दर्शनका लागि आउने गरेको रामलीला सञ्चालक समिति सदस्य एवं नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले उल्लेख गरे। रासस

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : १३ बजे

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेस-एमालेका उम्मेदवार विजयी

बुटवल । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस

कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका थापा तथा एमालेका पोर्तेल र मेचे विजयी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर

सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी