२१ माघ २०८२, बुधबार | February 5, 2026

राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश – नागरिकता विधेयक प्रमाणिकरण नगर्नुको कारण १५दिनभित्र दिनु



काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण नगर्नुको कारण देखाउन सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलाई आदेश जारी गरेको छ ।

राष्ट्रपतिले संविधानअनुसार नागरिकता विधेयक प्रमाणिकरण नगरेर संविधान उल्लंघन गरेको जिकिर गर्दै परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीस हरि फुयाँलको इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयलाई कारण पेश गर्न आदेश जारी गरेको हो ।

संसदका दुबै सदनले दोस्रोपटक पारित गरेर सभामुखले प्रमणिकरणका लागि राष्ट्रपति कार्यालयमा गत भदौ २० गते नागरिकता विधेयक पठाएका थिए । १५ दिनभित्र विधेयक पारित गर्नैपर्ने संवैधानिक बाध्यतालाई वेवास्ता गर्दै राष्ट्रपति विद्यादेवीभण्डारीले समय समाप्त पारेकी थिइन । असोज ४ गते मध्यरातसम्म विधेयक प्रमणिकरण भैसक्नुपथ्र्यो । आफुले दिएको सुझावलाई संसदले कार्यान्वयन नगरेको इगोमा राष्ट्रपतिले असंवैधानिक कदम चालेको भन्दै आलोचना भैरहेको छ ।

अधिवक्ताहरु अधिवक्ता सुनिलरञ्जन सिंह, अधिवक्ता सुनिलकुमार यादव, अधिवक्ता सागर बराल, देव शर्मा र सोनु रौनियारले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमविरुद्ध सर्वोच्चमा रिट दायर गर्दै प्रमाणिकरणका लागि परमादेश माग गरेका छन् ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १ : ४४ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता