काठमाडौं। चाडपर्व भित्रिएसँगै कालोबजारी र मंहगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
जिल्ला प्रसाशन कार्यालय काठमाडौंमार्फत महासंघले प्रधानमन्त्री शेरबहादुरलाई ज्ञापनपत्र बुझाएको हो ।
महासंघले मिसावट, गुणस्तरहीन तथा म्याद गुज्रिएका खाद्यवस्तु नियन्त्रणमा लिन सरकारसँग माग गरेको नेपाली उपाभोक्ता संरक्षण महासंघ अध्यक्ष चन्द्र साउदले बताए ।
चाडपर्व नजिकिएसँगै आम उपभोक्तालाई ठग्ने काम भइरहको भन्दै सरकारको तत्कालन अनुगमन गर्नु पर्ने महासंघको माग छ। महासंघले विभिन्न ३५ बुँदे माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।


















प्रतिक्रिया