२२ भदौ २०८३, सोमबार | September 7, 2026

सातौँ राष्ट्रपति रनिङशिल्ड २०८२ को उपाधि कालिका मानवज्ञान माविलाई



बुटवल । बुटवलमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ को उपाधि कालिका मानवज्ञान माध्यमिक विद्यालयले चुमेको छ । सोमबार सम्पन्न प्रतियोगिताको अन्तिम दिनसम्म आइपुग्दा कालिकाले कुल १३ स्वर्ण, १० रजत र ५ कास्य पदक जित्दै लगातार उपाधि हात पार्न सफल भएको हो ।

प्रतियोगितामा न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलले १२ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने गार्गी एकेडेमीले ६ स्वर्ण, ७ रजत र ७ कास्य पदक जित्दै तेस्रो स्थानमा सीमित भयो ।

प्रतियोगिताको समापन समारोहमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया लगायतले विजयी खेलाडी तथा विद्यालय प्रतिनिधिहरूलाई पुरस्कार वितरण गरे ।

समापन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख अर्यालले विद्यालयस्तरबाटै खेलकुदको विकास गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिन आवश्यक रहेको बताइन् । बुटवल उपमहानगरपालिकाले खेलकुद पूर्वाधार विकास र प्रतिभा पहिचानमा निरन्तर लगानी गर्दै आएको उनको भनाइ थियो ।

उपाधि विजेता कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई नगद २० हजार रुपैयाँ, रनिङशिल्ड, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै, दोस्रो स्थान हासिल गरेको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुललाई नगद १५ हजार रुपैयाँ तथा तेस्रो भएको गार्गी एकेडेमीलाई नगद १० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूले एथ्लेटिक्स, टिम तथा व्यक्तिगत खेलहरूमा प्रतिस्पर्धा गर्दै आफ्नो खेल प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदप्रति आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ७ : ४७ बजे

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा

कर्णाली । यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा