१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक



काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।

कार्यवाहक सभापति खड्काको निर्देशनमा मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसदा पौडेलले जानकारी दिए। केन्द्रीय कार्यसमितिको बैठकबारे सूचना जारी गर्दै मुख्य सचिव पौडेलले केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेका छन्।

नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी रहेकै बेला केन्द्रीय कार्यसमितिको बैठक बलाइएको हो । विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्रीद्वय थापा र शर्माले पेश गरेका प्रतिवेदनमा छलफल जारी रहेको छ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मंगलबारका दिन बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’ मुख्य सचिव पौडेलले जारी गरेको केन्द्रीय कार्यसमितिको बैठकसम्बन्धी सूचनामा भनिएको छ ।

उता सोमबार महामन्त्री द्वयले प्रस्तुत गरेको प्रतिवेदनमाथिको छलफल नसकिएकाले मंगलबार बिहानैदेखि बन्दसत्र सञ्चालन हुने जनाइएको छ । बन्दसत्रमा पारित कार्यबिधिमा मंगलबार निर्वाचनको प्रक्रियामा जाने उल्लेख छ।

विशेष महाधिवेशनले नयाँ नेतृत्व समेत परिवर्तन गर्नेगरी कार्यविधि पारित गरेपछि कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ८ : १८ बजे

पोखरामा शव पहिचान र परीक्षण सुरु

गण्डकी । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढीमा ज्यान गुमाएकाहरूको

भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?

काठमाडौं । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको

नेपाललाई आपतकालीन सहयता र अन्तराष्ट्रिय उद्दारमा सघाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

बेइजिङ । चीनले केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट

भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने

काठमाडौं । सरकारले भारत सरकारसँग सरकार–सरकार (जिटुजी) खरिद माध्यमबाट २५

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा