१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सुदुरपश्चिम राजधानी कप २०७९ राष्ट्रिय फुटबल प्रतियोगिता : लुम्बिनीको विजयी शुरुवात



बुटवल । सुदुरपश्चिम राजधानी कप २०७९ राष्ट्रिय फुटबल प्रतियोगिताको चौथो संस्करणमा लुम्बिनी प्रदेशले विजयी शुरुवात गरेको छ । सुदुरपश्चिम प्रदेश खेलकुद विकास परिषदको मुख्य प्रवद्र्धन, राष्ट्रिय खेलकुद परिषदको प्रायोजक तथा नेपाल टेलिकमको सहप्रायोजन र पिएफए स्पोर्टस क्लब कैलालीको आयोजनामा आईतबार धनगढी रंगशालामा भएको खेलमा लुम्बिनीले मधेश प्रदेशलाई ४–२ गोलले पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको हो ।

लुम्बिनीको जितमा प्रकाश बुढाथोकीले २ तथा कृष्ण रानाभाट र बिक्रमसिह ठकुरीले थप एक(एक गोल गरेका थिए । खेलमा बुढाथोकी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । लुम्बिनीले अब गण्डकी र सुदुरपश्चिम (निलो) बिचको विजेतासंग सेमीफाईनल खेल खेल्नेछ ।

यसैगरि आयोजक सुदुरपश्चिम (रातो) र कर्णाली प्रदेश बिच भएको निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो । सडेनडेथमा ६–५ गोलले पराजित गर्दै कर्णाली प्रदेश अन्तिम चारमा प्रवेश गरेको छ ।

असोज १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक सुदुरपश्चिमको दुइ टिमसहित ७ प्रदेशको सहभागिता रहेको छ । विजेता टिमले नगद ५ लाखसहित कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३ लाख, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । खेलमा सर्वोत्कृष्ट खेलाडी नगद २० हजार रुपैया, विद्यागत उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई १०–१० हजार रुपैयाबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : ३० बजे

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दीको प्राविधिक शिक्षालय

म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न