४ आश्विन २०८३, आइतबार | September 20, 2026

दुई महिनामा पौने १८ अर्बको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७९ सालको साउन र भदौ महिनामा उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको हो ।

सो अवधिमा कुल १७ अर्ब ७० करोड ५८ लाख ४८ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा ८ करोड ६८ लाख ६८ हजार ११८ लीटर कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको छ ।

विभागका अनुसार गत साउन र भदौ महिनामा ९ अर्ब ८ करोड ५४ लाख २३ हजार रुपैयाँको ४ करोड २ लाख ६७ हजार २८३ लीटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।

सोही समयमा विभिन्न देशबाट ६ अर्ब ६१ करोड ७० लाख २९ हजार रुपैयाँको ३ करोड ६६ लाख ८० हजार ५२४ लीटर कच्चा पाम तेल नेपालमा आएको छ ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २ अर्ब ३३ लाख ९५ हजार रुपैयाँको ९९ लाख २० हजार ३११ लीटर कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ ।

विभागका अनुसार अर्जेन्टिना, ब्राजिल, इटाली, पराग्वे, अमेरिका, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड, रुस, युक्रेन लगायतका देशबाट नेपालमा कच्चा भटमास, सनफ्लावर र पाम तेल आउने गरको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : ५३ बजे

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै