११ भदौ २०८३, बिहिबार | August 28, 2026

हनुमानढोकास्थित दसैं घरमा राखियो जमरा



काठमाडौं । नवरात्रको पहिलो दिन सोमबार घटस्थापनाको अवसरमा काठमाडौंको बसन्तपुरस्थित दसैंघरमा जमरा राखिएको छ ।

बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा हनुमानढोकास्थित दसै्रघरमा जमरा राखिएको हो । त्यसअवसरमा नेपाली सेनाले मंगलधुन बजाएर बढाईं गरेको थियो।

परम्पराअनुसार दसैं घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखेपछि शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ ।

दसैंघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । यस वर्ष पनि महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।

विसं २०७७ को महानवमीका दिन कोरोना महामारीका कारण महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगाको बलि दिइएको थिएन । हनुमानढोकाको दसैं घरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मङ्गल धुन पनि गाइन्छ ।
यो क्रम विजयादशमीका दिनसम्म जारी रहन्छ ।

घटस्थापनाको दिन घरघरमा दसैंको जमरा राखिन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ११ : ५५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि