४ आश्विन २०८३, आइतबार | September 20, 2026

कांग्रेसको संस्थापन विरोधी समुहद्वारा आन्दोलनको घोषणा

पार्टी कार्यालयमा धर्ना, बागी उम्मेदवारीको चेतावनी



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन विरोधी समुहले आन्दोलनको घोषणा गरेको छ ।

आगामी चुनावमा दिइने टिकट वितरणमा संस्थापन समुहले एकलौटी गर्न खोजेको विरोधमा संस्थापन विरोधी शेखर कोइराला समुहले आन्दोलनको घोषणा गरेकोहो ।

सोमबार बिहान ठमेलस्थित एक होटलमा बसेको संस्थापनइतर समूहका नेताहरूको बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्व विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

उनीहरुले संस्थापन पक्षलाई दबाब दिन असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम बनाएकाछन् । यस्तै, असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोध सभा गर्ने र असोज १४ भित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने योजना बनाएका छन् । चियापानमा कोइराला पक्षबाट जितेका पदाधिकारीलाई पनि बोलाउने उनीहरुले निर्णय गरेका छन्।समानुपातिक उम्मेदवारको सूची संशोधन नगरे प्रत्यक्षमा बागी उम्मेदवारी दिने उनीहरुले चेतावनी दिएका छन् ।

बैठकमा जगदीश्वरनरसिंह केसी, गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, जितनारायण श्रेष्ठ, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मधु आचार्य, प्रकाश स्नेही, रामनाथ अधिकारी, राजेन्द्र बगजाईं लगायतका नेताहरु सहभागी थिए । उनीहरुले गुटका आधारमा टिकट वितरण गर्न नपाइने भन्दै नेतृत्वलाई खबरदारी गर्न लागेका हुन् । तर, आफ्नो गुटलाई संस्थापन पक्षले ४० प्रतिशत नदिएकोमा उनीहरु सबैभन्दा आक्रोशित भएका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १ : ४३ बजे

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय