११ बैशाख २०८१, मंगलबार | April 23, 2024

कांग्रेसको संस्थापन विरोधी समुहद्वारा आन्दोलनको घोषणा

पार्टी कार्यालयमा धर्ना, बागी उम्मेदवारीको चेतावनी



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन विरोधी समुहले आन्दोलनको घोषणा गरेको छ ।

आगामी चुनावमा दिइने टिकट वितरणमा संस्थापन समुहले एकलौटी गर्न खोजेको विरोधमा संस्थापन विरोधी शेखर कोइराला समुहले आन्दोलनको घोषणा गरेकोहो ।

सोमबार बिहान ठमेलस्थित एक होटलमा बसेको संस्थापनइतर समूहका नेताहरूको बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्व विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

उनीहरुले संस्थापन पक्षलाई दबाब दिन असोज १२ गते पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम बनाएकाछन् । यस्तै, असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोध सभा गर्ने र असोज १४ भित्र समानुपातिक उम्मेदवारको सूची सच्याउन नेतृत्वसँग माग गर्ने योजना बनाएका छन् । चियापानमा कोइराला पक्षबाट जितेका पदाधिकारीलाई पनि बोलाउने उनीहरुले निर्णय गरेका छन्।समानुपातिक उम्मेदवारको सूची संशोधन नगरे प्रत्यक्षमा बागी उम्मेदवारी दिने उनीहरुले चेतावनी दिएका छन् ।

बैठकमा जगदीश्वरनरसिंह केसी, गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, जितनारायण श्रेष्ठ, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मधु आचार्य, प्रकाश स्नेही, रामनाथ अधिकारी, राजेन्द्र बगजाईं लगायतका नेताहरु सहभागी थिए । उनीहरुले गुटका आधारमा टिकट वितरण गर्न नपाइने भन्दै नेतृत्वलाई खबरदारी गर्न लागेका हुन् । तर, आफ्नो गुटलाई संस्थापन पक्षले ४० प्रतिशत नदिएकोमा उनीहरु सबैभन्दा आक्रोशित भएका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १ : ४३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना