२४ मंसिर २०८२, बुधबार | December 11, 2025

सुरक्षित यात्राको कामना गर्दै ट्राफिक प्रहरीद्धारा चालकलाई फुलमाला



काठमाडौं । प्रायः सडकमा सिटी फुक्दै चालकलाई कागजपत्र माग्ने, गाली गर्ने र जरिवाना तिराउने ट्राफिक प्रहरीले आफ्नो रणनीति परिवर्तन गर्दै चालक मैत्री बन्ने प्रयास थालेको छ ।

चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकलाई आज काठमाडौँको नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले फुलमाला लगाइदिएर सुरक्षित यात्राको कामना गर्दै बिदा गरेको छ । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र वसपार्कका पदाधिकारी सहितको टोलीले चालकलाई माला लगाएर सुरक्षित यात्राको कामना गरेर बसपार्कबाट बिदा गरेको हो ।

सचेत भएर सवारी चलाउने सचेतना सहित फुलमाला लगाइदिएर काठमाडौं बसपार्कबाट बिदाई गरि पठाईएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

दशैं, तिहार लगायतका पर्वहरू मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढ्दो छ । यो समयमा थप सचेत भएर सवारी साधन चलाउन आवश्यक रहेकाले चालकलाई हौसला प्रदान गरिएको डीएसपी रोकाले बताए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : ०३ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल