२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

मण्डला थिएटरमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव



काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को दोस्रो संस्करण आउँदो मंसिर ९ गतेदेखि राजधानीको थापागाउँस्थित मण्डला थिएटरमा हुने भएको छ ।

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवमा देशविदेशका २३ नाटक मञ्चन हुनेछन् ।

महोत्सवमा आवेदन परेकामध्येबाट ५ नेपाली नाटकसहित १६ देशका २३ वटा नाटक छनोट भएका छन् । महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया, बेलारुस, भारत, भुटान, र श्रीलंकाबाट छानिएका नाट्य समूहले नाटक मञ्चन गर्नेछन् ।

महोत्सव निर्देशक तथा मण्डला थिएटरकी अध्यक्ष सिर्जना सुब्बाले भारत, उरुग्वे, कम्बोडियाआदि देशका प्रसिद्ध कलाकार तथा अभियन्ताले कार्यशाला तथा तालिम सञ्चालन गर्ने बताइन् । उनका अनुसार महोत्सवका लागि २३ देशका कुल ८५ वटा नाटकले आवेदन दिएका थिए ।

महोत्सवकी संयोजक विजया कार्कीले ५ नेपाली नाटकमध्ये मण्डलाले हाल सञ्चालन गरिरहेको ‘नाटक लेखन परियोजना २०२२’ बाट छानिएका उत्कृष्ट नाटकलाई महोत्सवको समापन सत्रमा मञ्चन गरिने जानकारी दिइन् ।

मण्डला थिएटरका संस्थापक अध्यक्ष तथा अभिनेता दयाहाङ राईले महोत्सव नेपाली रङ्गमञ्चको विकास र समृद्धिका लागि एक प्रयास भएको बताए । उनले ३ वर्षअघि धेरै नाट्य संस्था र नाटकघरसँग मिलेर आयोजना गरेको पहिलो महोत्सव सम्झदैं देशमा कला, साहित्य, संगीतलगायतका महोत्सवको आवश्यकता औंल्याए ।

महोत्सवले १ लाख रुपैयाँको इनोभेटिभ आइडिया अवार्डको पनि घोषणा गरेको छ । यस अवार्डका लागि रङ्गमञ्चसँग सम्बन्धित नाटक लेखन, निर्देशन, निर्माण तथा अनुसन्धानकालागि इच्छुकहरुले अवधारणा पत्र पठाउन सक्नेछन् । जसमध्ये एक अवधारणालाई अवार्ड प्रदान गरिने जनाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : २१ बजे

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

हेलिकोप्टरबाट झापा-५ का मतदान केन्द्र घुम्ने बालेनको योजना विवादमा, आयोगले रोक लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले

कन्ट्रोल रुमबाट गृहमन्त्रीले निर्वाचनको ‘मनिटरिङ’ गर्दै

काठमाडौं । निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण