१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ



काठमाडौं । चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई काठमाण्डौको कोटेश्वर र नयाँबसपार्कबाट आज बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ ।

आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो ।

चाडपर्वको समयमा यात्रुहरुलाई अनाबश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तीहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरीने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रबक्ता एवम् प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १२ : ०० बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत