२५ चैत्र २०८२, बुधबार | April 8, 2026

५० शैय्या विस्तार घोषणाको सात वर्षपछि बल्ल सेवा दिँने अवस्थामा जाजरकोट अस्पताल



सुर्खेत । ५० शैय्या विस्तारको घोषणा गरेको सात वर्षपछि जाजरकोट अस्पतालको बल्ल नयाँ भवनबाट स्वास्थ्य सेवा दिने तयारी थालेको छ । संरचना अभावले पूर्व घोषणा कार्यान्वयन गर्न नसकेको अस्पतालले अब भने नयाँ भवनमार्फत सेवा दिने तयारी गरेको छ । जाजरकोट अस्पताललाई १५ जेठ ०७३ जेठमा १५ शैयाँबाट ५० शैयामा विस्तार गरिएको थियो ।

२६ असार ०७७ मा अस्पतालले नयाँ भवन निर्माण सुरु गरेको थियो । संघीय आयोजना कार्यान्वन इकाई सुर्खेतले उक्त भवन निर्माण गर्न ३० करोड २९ लाख ४७ हजार ८४ रुपैयाँ खर्च गरिरहेको छ ।

३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काम सुरू गरेको निर्माण कम्पनी सिनर्जी ज्ञान ज्योति, क्षितिज जेभी काठेश्वर काठमाडौंले तोकिएकै मितिमा सम्पन्न गर्न तयार रहेको जानकारी दिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कँडेलले जानकारी दिए ।

२५ पुस ०७९ भित्र निर्माण कार्य पुरा गरी हस्तान्तरण गर्ने योजनामा रहेको निर्माण कम्पनीका प्रतिनिधि मनोज गौतमले जानकारी दिए । भवनको १६ असोज ०७७ तत्कालिन वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेका थिए ।

६ वटा नयाँ अत्यधुनिक भवन निर्माण जारी रहेको गौतमले बताए । चार वटा भवनको रंगरोगन सम्पन्न भएको र दुई वटा भवनमा रंगरोगन चलिरहेको बताए । भौतिक संरचना अभावमा उपाचरमा समस्या आएपछि धेरै नै आलोचना भएपछि तत्कालिन वनमन्त्री बस्नेतले अत्यधुनिक भवन बनाइ सेवा प्रवाहलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

उनको यो चुनावी नारा समेत रहेको थियो । स्वास्थ्य सेवा कार्यालय र अस्पताललाई ५० शैयामा स्तरोन्तति भए पनि संरचना अभावमा काम गर्न मुस्किल हुँदै आएको थियो ।प्रदेश सरकारको ५० लाख रुपैयाँ लगानीमा भवन निर्माण कार्य जारी रहेको समयमा उपचार गर्न सहज होस भनि केही संरचना निर्माण गरिएको थियो ।

सुर्खेतको मेहलकुना र जाजरकोट अस्पताल मात्र ५० शैय्या विस्तार भएका थिए । अन्य जिल्लामा १५ शैय्याका अस्पताल नै रहेका छन् । जाजरकोट अस्पतालभन्दा छिमेकी जिल्लाका अस्पताल १५ शैय्याका अस्पताल रहेका छन् । संघीय सरकारकै पहलमा जाजरकोटमा अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन सुरू भएको छ ।

अस्पताल प्रदेश मताहातमा रहेको छ । पालिकामा समेत स्वास्थ्य संस्थाहरू निर्माण जारी रहेको छ । पालिकाले आफै तलबभत्ता उपलब्ध गराउने गरी मेडिकल अधिकृत भर्ना गरेर सेवा प्रवाह गरिरहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  २ : १२ बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना