२४ मंसिर २०८२, बुधबार | December 11, 2025

यात्रु बनेर सादा पोसाकमा दशै बिशेष ट्राफिक प्रहरीको चेकिङ : एकैदिनमा बढी भाडा लिने ४२ जना पक्राउ



काठमाडौं । चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने ४२ जनालाई काठमाण्डौ उपत्यकाबाट आज ट्राफिक प्रहरीले प्रहरीले पक्राउ गरेको छ । यात्रुको भेषमा सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले बढी भाडा असुल्नेहरुलाई पक्राउ गरेको हो ।

बढी भाडा लिनेहरु कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँबसपार्कबाट ८ जना,माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी ४२ जना आज पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट आज खटिएको प्रहरी टोलीले दिनभरी अनुगमन गर्दा चाडपर्वको समयमा यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, अनाबश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधीमा संलग्न रहेका उनीहरूलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग गंगबु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १० : ५२ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल