३० चैत्र २०८२, सोमबार | April 13, 2026

यात्रु बनेर सादा पोसाकमा दशै बिशेष ट्राफिक प्रहरीको चेकिङ : एकैदिनमा बढी भाडा लिने ४२ जना पक्राउ



काठमाडौं । चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने ४२ जनालाई काठमाण्डौ उपत्यकाबाट आज ट्राफिक प्रहरीले प्रहरीले पक्राउ गरेको छ । यात्रुको भेषमा सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले बढी भाडा असुल्नेहरुलाई पक्राउ गरेको हो ।

बढी भाडा लिनेहरु कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँबसपार्कबाट ८ जना,माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी ४२ जना आज पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट आज खटिएको प्रहरी टोलीले दिनभरी अनुगमन गर्दा चाडपर्वको समयमा यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, अनाबश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधीमा संलग्न रहेका उनीहरूलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग गंगबु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १० : ५२ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका