१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

हराउँदै गएको दसैंमा खेलिने पिङ संस्कृतिलाई युवाहरुले जोगाउँदै



बुटवल । एक जमाना थियो, दशैं आएपछि गाँउघरमा अनिवार्य पिङ हालिन्थ्यो । पिपलकारुखहरु भएका ठाँउमा रुखमै पिङ झुण्ड्याइन्थ्यो भने कतिपय ठाँउमा लिङ्गे पिङ होलन्थ्यो । ५ दशक पहिले सम्म चर्खे पिङ हाल्ने चलन पनि थियो । भिरबाट बाबियो काटेर ल्याउने गाँउघरका सम्मो स्थानमा बाबियोको डोरी (कतै कतै लट्ठो पनि भनिन्छ) बाट्ने । बाँसका लिङ्गो गाड्ने र पिङ झुण्ड्याउने । युवा, केटाकेटीहरुलाई भ्याई नभ्याई हुन्थ्यो ।

समय बित्दै जाँदा नयाँ पुस्तो पिङ भनेको एकादेशको दन्त्य कथा जस्तै बनेको छ । नयाँ पुस्ताका अधिकांस युवाहरुलाई पिङ केहो ? कसरी बन्छ ? मच्चिँदा कति मज्जा आउँछ ? कुनै मतलव हुने गर्दैन । फुर्सदमा पब्जी, टिकटक, फेसबुक र ट्युटर नै संसार सम्झेने युवाहरुको जमात हरेक दिन बढ्दै गएको छ । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ। विशेषगरी दशैंको बेलामा पिङको महत्त्व छुट्टै रहेको पाइन्छ।

शहर बजारमा त होडबाजीका साथ बनेका कंक्रिटका महलहरुले पिङ हाल्ने मिल्ने स्थानको समेत अभाव हुँदै गएको छ । सार्वजनिक जग्गा मिच्ने होड र खुल्ला स्थान रहन नदिने प्रबृत्तिले खुल्ला हावा खान समेत शहरमा मुस्किल हुँदै गएको छ । शहरमा पिङ संस्कृति लोप हुँदै गएको अवस्थामा बुटवल १० कालिका नगरका युवाहरुले भने लिङ्गे पिङ गाडेर परम्परा जोगाएका छन् । कालिका नगरको बाईपास रोडमा दुर्गा स्थापना संगै पिङ हालेपछि वषौं देखि पिङ खेल्न नपाएका जेष्ठ नागरिक देखि युवा र बालबालिकाहरु पिङमा रमाउन पाएका छन् ।

हराउन लागेको पिङ संस्कृतिलाई जोगाउन युवाहरु मिलेर पिङ हालिएको कालिकानगर युवा क्लवका उपाध्यक्ष भक्त श्रीस मगरले बताए । उनले बडा दशैंमा नवदुर्गाको पुजा गर्न आउनेहरुलाई एक पटक भुँई छाड्नु पर्छ भन्ने धार्मिक विश्वासलाई कायम राख्न पिङ गाडिएको उपाध्यक्ष श्रीसले बताए ।

युवाहरुलाई पिङ हाल्न वडाले पनि सघाएको छ । दुर्गा मुर्ति स्थापना गर्न र पिङ हाल्ने १० नम्बर वडा कार्यालयले आर्थिक सहयोग गरेपछि टोलका युवाहरु पिङ हाल्न तम्सिएको बुटवल उपमहानगर १० नम्बर वडा अध्यक्ष बलु पुन मगरले बताए । उनले वडाका जेष्ठ नागरिकहरुको सल्लाह र परम्मपरा जोगाउन पिङ हाल्ने युवाहरुको योजनामा वडाले सहकार्य गरेको बताए ।

संस्कृतिकर्मी लोकदोहोरी गायक डिल्लीनारायण पाण्डेले आधुनिकताले परम्परालाई धावा बोलेको ठान्छन् । बालबालिका कोठामै रमाउने, घरबाहिर ननिस्कने र मनोरन्जनका सबै साधनहरु मोबाईल, ट्याव र कम्प्युटरमै प्राप्त हुने गरेकाले पिङ संस्कृति पछि पर्दै गएको पाण्डेको ठहर छ ।

गाँउघरमा साउनमा घाँसकाटन जाँदा नै दसैंमा पिङका लागि भन्दै बाबियो छुट्याउने, काटेर सुकाउने र ३ वटा लहर बनाएर मोटो डोरी बाट्ने गरेको स्मरण गर्दै पाण्डेले हरियो बाबियोले लत्ठो बात्दा झोर्लिन्छ भने बाबियो सुकाउने गरिएको सम्झन्छन् ।

गाँउघरमा भेटघाट र सुख दुख बाँड्ने स्थान नै पिङ खेल्ने ठांउमा हुने गरेको समेत उनले सम्झन्छन् । ‘उहिलेका जमानामा हवाई जहाज थिएन, वर्षमा एक पटक भुँई छाड्नु पर्छ भनिन्थ्यो,’ उनी भन्छन्, – ‘त्यसैका लागि पनि पिङ खेल्नेहरुको भिड लाग्थ्यो ।’

पिङ संस्कृतिलाई जोगाउन स्थानीय पालिकाहरुले लगानी गर्नु पर्ने र स्थानीय युवा, आमा समुह, क्लवहरुलाई प्रेरित गरेर पिङ हाल्न लगाउनु पर्ने उनको भनाई छ ।

 

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १० : ०९ बजे

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण