२० असार २०८३, शनिबार | July 4, 2026

गाउँघरमा देखिन छाडे पिङ



लमजुङ । विगतका वर्षहरुमा दशै लागेसँगै गाउँका युवाहरु पिङ हाल्न जुट्ने गर्थें । तर, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै गाउँ घरमा पिङ पनि देखिन छाडेको छ । पिङ हालेको देखेपछि दशैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । गाउँघरमा दशैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ । विशेष गरी पिङको दशैमा छुट्टै महत्व छ ।

केही वर्ष पहिला जिल्लाका विभिन्न स्थानमा पिङ देखिन्थे । दशैँ मनाउनका गाउँ गएकाले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे तर विस्तारै पिङ हाल्ने प्रचलन लोप हुन थालेको छ ।

पहिला पहिला दशैँ आउनुअगावै पिङ हालेर रमाइलो हुने भए पनि आजभोलि त्यस्तो प्रचलन हराउँदै आएको बेसिशहर ११ का डगमान श्रेष्ठ बताउछन् । “दशैँमा पिङ खेल्ने, रमाउने परम्परा हराउँदै गयो, आधुनिकताका कारण यी सबै इतिहासमा सीमित हुने हो की भन्ने चिन्ता छ”, उनले भने, “आजभोलि गाउँमा पनि पिङ देख्न छाडियो ।”

पहिला–पहिला दशैँ आएपछि गाउँघरमा पिङ खेलेर रमाइलो गर्ने प्रचलन भए पनि आजभोलि त्यस्तो क्रम घट्दै गएको बेसिशहर ८ कि कमला केसी बताउँछिन । विगतका वर्षमा ल प्रत्येक गाउँमा पिङ देख्ने गरिए पनि आजभोलि निकै काम मात्रै पिङ देखिने श्रेष्ठको भनाइ छ । “पहिला पहिला जताततै पिङ देखिन्थ्यो, पिङ खेल्न पालो कुर्नुपथ्र्यो, आजभोलि विस्तारै घट्दै छ”, उनले भने । उनले संस्कृति जोगाउनका लागि युवापुस्ताले पिङ सस्कृतिमा चासो दिनुपर्ने उनी बताउछन् ।

सहर बजार र जिल्ला बाहिर भएका व्यक्ति दशैँ मान्न घर फर्किदा गाउँघर भने रमाइलो हुने गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ११ : १६ बजे

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता