९ चैत्र २०८२, सोमबार | March 23, 2026

सातै प्रदेशका नीति आयोगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो



पोखरा । सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरूले आयोग सञ्चालनका लागि छुट्टै ऐन बनाइदिन प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

५ र ६ भदौमा पोखरामा भएको भेलाले निकालेको निष्कर्ष गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गर्दै उनीहरुले छुट्टै ऐनको माग गरेका हुन् । प्रदेशको विकास समीक्षा तथा भावी कार्यदिशा र प्रदेश नीति तथा योजना आयोगहरुको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने कानुनहरूको मस्यौदासहितको विवरण नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. रघुराज काफ्लेले मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझेपछि मुख्यमन्त्री पोखरेलले ऐन ल्याउन पहल गर्ने बताए । राष्ट्रिय योजना आयोगसमेत हालसम्म गठनादेशबाट चलेको भन्दै त्यो गलत भएको बताए । ‘राष्ट्रिय योजना आयोग बनेको ६ दशक भइसक्यो । अहिले पनि गठनादेशबाट चलिरहेको छ,’ उनले भने, ‘यो विडम्वनापूर्ण कुरा हो । भेलामा भएका निर्णय कार्यान्वयनका लागि सक्दो पहल गर्छु ।’

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. काफ्लेले प्रदेशका आयोगलाई सशक्त र प्रभावकारी बनाउन ऐन ल्याउन जरुरी रहेको बताए । प्रदेश तथ्यांक व्ययवस्थापन ऐन, प्रदेश आयोजना बैंक निर्माणसम्बन्धी मापदण्ड, प्रदेश आयोजना बैंक दिग्दर्शन, प्रदेश योजना अनुगमन तथा मूल्यांकन ऐनको मस्यौदा पनि हस्तान्तरण गरेका छन् ।

नीति तथा योजना आयोगका लागि आवश्यक जनशक्तिको प्रक्षेपण गरी त्यसैअनुसार तयार पारिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनसमेत उक्त अवसरमा हस्तान्तरण गरिएको छ । उक्त निर्णय सबै प्रदेशका उपाध्यक्षले मुख्यमन्त्रीलाई बुझाएका छन् । भेलाले संघ, प्रदेश र स्थानीय तहबीच पर्याप्त समन्वय हुनुपर्ने, संविधान तथा कानुनले व्यवस्था गरेका परिषद् तथा समितिहरूको नियमित बैठक बसी आवश्यक निर्णय लिने परिपाटी बसाल्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १२ : ४३ बजे

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति