९ पुस २०८२, बुधबार | December 24, 2025

काठमाडौं १ बाट रवीन्द्र मिश्रले गरे उम्मेदवारी घोषणा



काठमाडौ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने बताएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गर्दै उनले राजसंस्थाको एजेण्डा लिएर जनतामाझ जाने बताए ।

विवेकशील साझा पार्टी परित्याग गरि हालै राप्रपा प्रवेश गरेका मिश्रले शुक्रबार काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । जनतमाझ जाँदा संवैधानिक राजसंस्थाको एजेण्डा लिएर जाने बताउँदै उनले आफूले भोट नपाए पनि जनतालाई धन्यवाद दिने बताए ।

राजाको माया लागेर नभएर देशको हितका लागि राजसंस्थाको कुरा गर्दै भन्दै उनले भने, ‘देशमा कुनै न कुनै रूपमा संविधानले बाँधेर राजसंस्था पुनर्स्थापित गर्नुपर्छ । म यही एजेण्डा लिएर जनतामाझ जान्छु । भोट पाए पाउँछु, नत्र खुसीसाथ धन्यवाद व्यक्त गर्छु ।’

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ३ : २१ बजे

लुम्बिनीका पर्यटकीय गन्तव्य विश्वसामु चिनाउन पर्यटन फोटो पत्रकारिता तालिम सम्पन्न

लुम्बिनी । लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य

बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

अत्यधिक चिसोका कारण बुटवलका विद्यालय तीन दिन बन्द

बुटवल । अत्यधिक चिसो र शीतलहरको बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण