६ श्रावण २०८३, बुधबार | July 23, 2026

दिगो सरसफाइका लागि नागरिकको व्यवहार परिवर्तन अपरिहार्य



बुटवल । वातावरणको दिगो सरसफाइका लागि व्यक्तिको व्यवहार परिवर्तन अनिवार्य रहेको सरोकारवालाहरूले औँल्याएका छन् । पर्यावरण संरक्षण समाज नेपालको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा आयोजित दिगो सरसफाइ व्यवस्थापनसम्बन्धी अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रममा वातावरण संरक्षणका लागि स्वयं नागरिक सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सरसफाइकर्मी नगरका प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै नगर सधैँ उनीहरूको सम्मानमा रहेको बताए । सरसफाइकर्मीकै निरन्तर मेहनत र उपस्थितिका कारण नगर सफा राख्न सफल भएको उनले स्पष्ट पारे ।

उपप्रमुख सावित्रा देवी अर्यालले विगतको तुलनामा बुटवल नगर केही हदसम्म सफा हुँदै गएको दाबी गरिन् । सरसफाइकर्मीहरूको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा उनीहरूले सरसफाइका क्रममा विभिन्न समस्याहरू भोग्नुपरेको गुनासो गरेका छन् । आवश्यक सामग्रीको अभाव, नागरिकले ‘पैसा तिरेका छौँ’ भन्दै जथाभावी फोहर फाल्ने प्रवृत्ति र पर्याप्त बजेट नहुनु प्रमुख चुनौतीका रूपमा उठाइएका थिए ।

कार्यक्रमका प्रशिक्षक, पर्यावरणविद् तथा साहित्यकार विजय हिताङले सरसफाइको सुरुआत घर-घरबाटै हुनुपर्नेमा जोड दिँदै फोहर जथाभावी नफाल्न सबै नागरिकलाई आग्रह गरे । वातावरण स्वच्छ राख्न हरेक व्यक्तिले साना-साना कुरामा ध्यान दिनुपर्ने र देखिएका समस्याहरू क्रमशः समाधान गर्दै जानुपर्ने उनको भनाइ थियो । उनले जिम्मेवार र इमानदार नागरिकको सहभागिताले मात्र स्वच्छ र सफा वातावरण सम्भव हुने बताए ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, सरसफाइ शाखा प्रमुख लक्ष्मी अर्याल, योजना शाखा प्रमुख ठगिश्वर पोखरेललगायत सरसफाइकर्मीहरूले आ-आफ्ना धारणा राखेका थिए । नगरका विभिन्न शाखाका प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको कार्यक्रममा संस्थापक अध्यक्ष गणेश घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमको समापन गर्दै पर्यावरण संरक्षण समाज नेपालका अध्यक्ष गंगा पोखरेलले सरसफाइको क्रममा सरसफाइकर्मीहरू स्वयं पनि सुरक्षित र सतर्क रहनुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष अर्जुन ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : ५७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क